Tuesday, 27 February 2024

सैनामैना नगरपालिका वडा नंः ४ले ९३ यूनिट रक्त संकलन गर्ने कार्य सम्पन्न गरेको छ ।

 सैनामैना,२०८० फागुन-१६



सैनामैना नगरपालिका वडा नं. ४ ले आज मुर्गिया खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको सभाहल बृहत रक्तदान कार्यक् सम्पन्न गरेको छ । सो क्रममा ९३ यूनिट रक्ततत्व  संकलन भएको छ ।




 कार्यक्रमका प्रमुख अतिथि सैनामैना नगरपालिका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले रक्तदान गर्नु पर्छ भन्ने भावना जागृत गर्न यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । रगतको कमिले कसैको अल्पकालमा मृत्यु नहोस भन्ने प्रेणाले गर्दा आज धेरै दुर्घटना वाट घाइते, सुत्केरी र अप्रेशनमा रक्त तत्वको आवश्यकता पूरा गर्न रेडक्रस एक्लै नसक्ने भएकाले सबै क्षेत्रको सहयोग जरूरी रहेको छ भन्नु भयो।


उक्त कार्यक्रममा विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश समितिका अध्यक्ष लाल प्रसाद पंगेनी रहनु भएको थियो ।


 मुर्गिया खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष प्रेम बहादुर बानिया, बृहस्पति साकोसका अध्यक्ष प्रेम प्रसाद सापकोटा, चौतारी साकोसका अध्यक्ष लोकनाथ अधिकारी, रेडक्रस सोसाइटी सैनामैना उपशाखा पर्रोहा की सभापति मिना भन्डारी लगायतको आतिथ्यता रहेको रक्तदान कार्यक्रमको अध्यक्षता सैनामैना नगरपालिका वडा नं० ४ का अध्यक्ष रामप्रसाद अधिकारी तथा कार्यक्रम संयोजक वडा नंवर ४का वडा सदस्य तेजेन्द्र सुवेदीको स्वागत तथा वडा सचिव हेम बहादुर चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको छ ।

No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...