Thursday, 16 May 2024

नेबिसंघ द्वारासहकारीको बचत अपचलन र गिरीबन्धु टी-इस्टेटमा भएको नीतिगत भ्रष्टाचारमा संलग्न रहेकाहरूमाथि कानुनी कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ।

 नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सहकारीको बचत अपचलन र गिरीबन्धु टी-इस्टेटमा भएको नीतिगत भ्रष्टाचारमा संलग्न रहेकाहरूमाथि कानुनी कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ।

नेविसंघ त्रिचन्द्र क्याम्पसले बुधबार बिहान काठमाडौंको घण्टाघरअगाडि प्रदर्शन गरेका हुन्।


नेविसंघ नेता गोविन्द कोइरालाले सहकारीमा नागरिकहरूले गरेको बचत अपचलन, ठगी र दुरूपयोग भए पनि सरकार गम्भीर नभएकोले प्रदर्शन गरेको बताए।

साथै गिरीबन्धु टी-इस्टेटबारे पनि छानबिन गर्न माग गरिएको उनको भनाइ छ।

उनीहरूले 'गुड मर्निङ केपी बा, चिया खानुभो?, गृहमन्त्रीज्यू सहकारी ठग र गिरीबन्धु ठगलाई टुँडिखेलमा राखेर नाकको डाँडी भाँचिने गरी हान्नु है' लेखिएको प्ला कार्डसहित प्रदर्शन र नाराबाजी गरेका थिए।

केपी ओली सरकारले तीन वर्षअघि झापाको बिर्तामोडस्थित गिरीबन्धु टी-स्टेटको अर्बौं पर्ने जग्गा सट्टापट्टा गर्न दिएको निर्णय सर्वोच्च अदालतले तीन महिना अघि बदर गरिदिएको थियो। त्यो फैसलाको पूर्णपाठ गत शुक्रबार सार्वजनिक भएको थियो।

No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...