Thursday, 16 May 2024

पर्रोहा बहुमुखी क्याम्पसमा युवा रेडक्रस सर्कल गठन भएको छ ।

 सैनामैना,२०८१ जेष्ठ ४,

सैनामैना नगरपालिका वडा नं . ४ मा रहेको सामुदायिक क्याम्पस पर्रोहा बहुमुखी क्याम्पसमा दिवाना काउचाको अध्यक्षतामा ११ सदस्य रहेको युवा रेडक्रस सर्कल गठन गरिएको हो ।


सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश समितिका अध्यक्ष कृष्ण पंगेनीको प्रमुख आतिथ्यता रहेको थियो । वहाँले मानवता पर्वद्धमा क्रियाशिल संस्था रेडक्रसले समुदायमा आउने विभिन्न विपत्तिमा मानव समाजलाई कसरी जोगाउन सकिन्छ भन्ने कुरा रेडक्रसले सिकाउँछ भन्नु भयो । "जहाँ विपत्त त्यहाँ रेडक्रस " भन्ने नाराले रेडक्रस कर्मी निस्वार्थी भएर उदार तथा पुनत्थानक काममा लाग्न प्रेरणा दिएको बताउनु भयो । सो अवसरमा नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा पर्रोहाका पूर्व अध्यक्ष तथा पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीले विपत व्यवस्थापनमा युवा सर्कलको भूमिकाको वारेमा प्रकाश पार्न भएको थियो ।


आज गठित सर्कलको कार्यसमिति  उपाध्याक्ष अस्मिता पौडेल सचिव रेजिना कार्की कोषाध्यक्ष पूजा पाण्डे  सह सचिव गणेश खनाल रहनु भएको छ । सदस्यहरुमा मानकृष्ण पाण्डे तम प्रसाद पान्डे सन्तोष पोख्रेल, डिला शर्मा, एन्जीला कुवर रहनु भएको छ ।

सो कार्यक्रम नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा सभापति मिना भण्डारीको सभापतित्वमा स्वागत उपसभापति दिव्या पंगेनी तथा संचालन विक्रम पौडेलले गर्नु भएको जानकारी उपशाखाकी सदस्य लक्ष्मी थापा क्षेत्री दिनु भएको छ ।

No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...