सैनामैना खेलकुद विकास समितिले खेलाडीलाई सम्मान गऱ्यो ।
सैनामैना, २०८१ जेष्ठ-१२,
सैनामैना खेलकुद विकास समितिले खेलाडीलाई सम्मान आज नगरपालिकाको सभाहलमा सम्पन्न गरेको छ।
सैनामैना नगर खेलकुद समितिद्वारा जिल्ला ,प्रदेश , केन्द्र हुदै अन्तराष्ट्रिय स्तरमा पुग्नु .हुने सैनामैना निवासी करिव ३० जना खेलाडीहरुलाई सम्मान र माल्दिभ्समा हुन लागेको बोडी बिल्ड्र्स च्यापियनसिप खेलमा नेपालको तर्फबाट सहभागि हुन जानुहुने खेलाडी सैनामैना निवासी श्री कृष्ण श्रेष्ठलाई सफलताको शुभकामना सहित विदाइ कार्यक्रम सम्पन्न गरेको छ ।
सैनामैना नगरपालिका पालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता तथा उपप्रमुख विना रानाको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रम नगर खेलकुद विकास समितिका अध्यक्ष खेम श्रेष्ठ को अध्यक्षता सम्पन्न भएको थियो ।



No comments:
Post a Comment