Friday, 24 May 2024

सुनगाभा जुनियर युवा/ रेडक्रस सर्कल पुनर्गठन कार्यक्रम सम्पन्न ।

 सैनामैना,२०८१ जेष्ठ ११ 

लुम्बिनी प्रदेशकै उत्कृष्ट संस्थागत विद्यालयका रूपमा परिचित सैनामैना नगर पालिका वडा नं. ३ अस्थित सुनगाभा पब्लिक स्कुलमा आज विद्यार्थीहरुको भेलाले सुनगाभा जुनियर युवा/ रेडक्रस सर्कल गठन भएको छ । भेलाले कृस्टिना ज्ञवालीको अध्यक्षतामा  समिति गठन  गरेको छ । जसको उपाध्यक्ष योजना अधिकारी, सचिव मान्यता पौडेल,सह सचिव समृद्ध ,कोषाध्यक्ष समिक्षा ढकाल ,सह कोषाध्यक्ष कार्तिक महत्रा, सदस्यहरुमा आसियाना गैरे, अदिति कार्की, रोजिन पोखरेल रहनु भएको छ ।

सो कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलीराज गौतमको अध्यक्षता थियो भने उक्त कार्यक्रममा नेपाल  रेडक्रस सोसाइटी सैनामैना उपशाखा पर्रोहा की सभापति मिना  भण्डारी को प्रमुख अतिथ्यता साथै  विद्यालयका प्राचार्य तिलक केसीको विशिष्ट अतिथ्यता रहेको थियो ।


कार्यक्रम विद्यालयका शिक्षक नायक लक्ष्मण खनालद्वारा सञ्चालन गरिएको थियो।सो अवसरमा पूर्व कार्यसमितिलाई आफ्नो कार्यकाल सफल पारेकाले टिका तथा सम्मान पत्र समेत वितरण गरिएको थियो ।


No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...