सैनामैना , भाद्र १२
नेपाल रेडक्रस साेसाइटी सैनामैना उपशाखा (पर्राेहा) काे आयाेजना तथा पर्रोहा माध्यमिक विद्यालयको आतिथ्यतामा " मानवतालाई जिवित राखाैँ " शिर्षककाे युरेस र जुरेस उपशाखा स्तरीय वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।
उपशाखाका सभापति मिना भण्डारीकाे अध्यक्षता , नेपाल रेडक्रस साेसाइटी लुम्बिनी प्रदेश सभापति लालप्रसाद पंगेनीकाे प्रमुख आतिथ्यता , सैनामैना वडा नं ४ का वडाअध्यक्ष रामप्रसाद अधिकारी र पर्राेहा मा वि का प्रधानाध्यापक बलबहादुर के सी ज्युकाे विशिष्ट आतिथ्यता , सैनामैना ४ का वडासदस्य, टाेल विकास संस्थाका अध्यक्षहरु , पर्राेहा मा वि का शिक्षक नायक तथा रेडक्रस सैनामैनाका पुर्व सचिव शिवलाल गाैतम लगायत करिव १२ विद्यालयका शिक्षक नायकहरुकाे आतिथ्यता, आयाेजक उपशाखा कार्यसमिति एवं युरेस/ जुरेसका २५ जना सहभागी विधार्थी लगायत अन्य विद्यार्थीहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे छ ।
सो कार्यक्रममा युरेसबाट प्रथम सुनगाभा पब्लिक मा वि कि छात्रा दिव्यानी गाैतम, द्वितीय प्रभात ईङ्गलिश बाेर्डिङ्ग सेकेन्डरी स्कुलकी छात्रा प्रकृति भण्डारी र तृतिय प्रभात स्कुलकै कुसुम कार्की साथै जुरेस बाट प्रथम न्यु एकेडेमी बाेर्डिङ्ग स्कुलकी छात्रा सदिक्षा थापा क्षेत्री द्वितीय रुपन्देही माेर्डन स्कुलकी छात्रा कृष्मा सापकाेटा र तेसैगरि सैनामैना मेमोरियल बाेर्डिङ्ग स्कुलकी छात्रा पार्सा खत्रीले तृतीय स्थान हासिल गर्न सफल भएका थिए, सफल विधार्थी भाईबहिनीहरुलाई उपशाखाले ट्रफि र प्रमाणपत्र पनि प्रदान गरेकाे थियाे,यश कार्यक्रममा १/१ जना युरेस र जुरेसका प्रथम ( विजेता)विधार्थीहरु यहि भाद्र १९ गते नेपाल रेडक्रससाेसाइटि रुपन्देही जिल्ला शाखाले आयाेजना गर्ने जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा भाग लिने अवसर समेत प्राप्त गर्नेछन् ,
कार्यक्रममा प्रमुख अतिथि लालप्रसाद पंगेनी , विशिष्ट अतिथि रामप्रसाद अधिकारी , बलबहादुर केसी , शिक्षक नायक शिवलाल गाैतम लगायतले आफ्ना महत्त्वपूर्ण भनाईहरु व्यक्त गर्नुभएकाे थियाे, कार्यक्रम माथि प्रकाश पार्दै सभापति मिना भण्डारीले रेडक्रसले मानवीय कार्य गर्दै आएकाे र यसमा हातेमालो गर्दै मानवताकाे प्रवर्द्धन गरि सैनामैनालाई नमुना बनाउन सबैकाे साथकाे खाँचाे रहेकाे बताउनुभएको थियाे भने प्रमुख अतिथि लालप्रसाद पंगेनीले रेडक्रसले विपद् मा सरकारकाे सहयात्री भई कार्य गरेकाे , विद्यार्थीकाे प्रतिभा प्रष्फुटन गर्न यस्ता कार्यक्रम आवश्यक रहेकाे , साथै मानवताकाे शिर्षकमा राखिएकाे कार्यक्रम मात्रै हैन साँच्चिकै मानवता प्रवर्द्धन गर्न आवश्य रहेकाे बताउनुभएको थियाे
उपशाखाका कार्यसमिति सदस्य विवेक चालिसेकाे संयाेजकत्वमा सम्पन्न उक्त कार्यक्रम उपशाखाका काेषाध्यक्ष विक्रम पाैडेलकाे स्वागत र उपशाखाका सचिव थानिश्वर न्याैपानेकाे संचालनमा सम्पन्न भएकाे थियाे ।



No comments:
Post a Comment