Sunday, 8 September 2024

सैनामैना उद्योग बाणिज्य संघले ११ औँ स्थापना दिवस मनायो ।

 सैनामैना , २३ भाद्र २०८१

उद्यमी - व्यवसायि तथा व्यापारीहरुको छाता संगठन सैनामैना उद्योग बाणिज्य ११ औँ स्थापना दिवस संघको सचिवालयमा आज एक समारोह वीच कार्यक्रमका प्रमुख अतिथि मानव अधिकार तथा शान्ति समाज नेपालका नि. वर्तमान केन्द्रिय अध्यक्ष एवं युवा , सामाजिक व्यक्तित्व गोविन्द खनालले पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्नुभयो । सो अवसरमा खनालले वृहत्तर सैनामैनाको विकासको लागि पर्यटन , व्यापार र उत्पादनमा जोडदिनु पर्ने र सैनामैना क्षेत्रमा आधुनिक अस्पातल हरुको स्थापना गरी स्वास्थ्य क्षेत्रमा ठूलो परिर्वतन र विकास गर्न सकिने कुरा औलाउनु भयो ।


 खनालले सैनामैनामा रहेको सैनामैना औद्योगिक ग्राम संचालन गर्न प्रदेश सरकारमा पहल गर्ने समेत बताउनुभयो । 



सैनामैना उद्योग बाणिज्य संघका सल्लाहकार रण बहादुर खनालले उद्योगी व्यापारी समस्या समाधान गर्ने मुख्य संघ नै सैनामैना उद्योग वाणिज्य संघ रहेकाले सरकारका व्यवसायिक नीति निर्माणमा उद्यमी तथा व्यापारी मैत्री बनाउन यसका  पदाधिकारी लाग्नु पर्ने र आम उद्यमी व्यापारि संघमा आवद्ध भएर संघलाई प्रभावकारी बनाउन पर्नेमा जोड दिनुभयो । 


 सो अवसरमा संघका निर्वतमान अध्यक्ष राजवहादुर क्षेत्री , सामाजसेवी तथा व्यवसायिक व्यक्तित्व तारानाथ वेलवासे , सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेल , उपभोक्ता हित संरक्षण मञ्चका सैनामैनाका अध्यक्ष दुर्गा गौतम , घरेलु तथा साना उद्योग महासंघ सैनामैनाका अध्यक्ष दिनेश पाण्डे , सैनामैना होटल तथा रेस्टुराँ व्यवसायि संघका अध्यक्ष झविन्द्र पोख्रल , पुस्तक तथा स्टेशनरी व्यवसायी संघ सैनामैनाका अध्यक्ष तुलसी प्रसाद लम्साल , सैनामैना सैलुन व्यवसायिक संघका अध्यक्ष राधेश्याम ठाकुर, तिनाउ पश्चिम वितरक संघका अध्यक्ष नरेश न्यौपाने लगायतले संघको ११ औँ स्थापना दिवशको अवसरमा शुभकामना मनतव्य राख्नु भएको थियो ।


सो कार्यक्रम संघका अध्यक्ष प्रेम बहादुर खड्काको अध्यक्षता महासचिव लोकनाथ अधिकारीको संचालन , कोषाध्यक्ष नारायण पन्तको स्वागत तथा कार्यसमिति सदस्य गुरु प्रसाद पराजुलीको संयोजकत्वमा सम्पन्न भएको थियो । 

यसै विच सैनामैना व्यापार संघले पनि कार्यालयमा ११ वटा दिप प्रज्वलन गरी ११औं स्थापना दिवस मनाएको जानकारी अध्यक्ष सुरेन्द्र पौडेल हामीलाई जानकारी दिनुभयो छ ।


No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...