सैनामैना , २०८१असोज २
संविधान दिवसको पूर्व सन्ध्यामा सैनामैना नगरपालिका वडा न-४ लेडुवा टोलमा रहेको बाह्र विघाहा (सिमसार क्षेत्र) पोखरीको खाली जग्गामा संविधान दिवस मुल समारोह समिति रुपन्देही, सैनामैना नगरपालिकाको कार्यालय साथै सब डिभिजन वन रुपन्देहीको, आयोजनामा बृक्षारोपण कार्यक्रम गरिएको छ।
जिल्ला समन्वय समिति रुपन्देहीका सभापति उमाकान्त चापागाईको सभापतित्व सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माको आतिथ्यता रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल सहायक प्रमुख जिल्ला अधिकारि चिरञ्जीवी राना जिल्ला बन कार्यालयका प्रमुख प्रबिन बिडारी जिल्ला प्रहरी कार्यालयका प्रमुख रन्जित सिह राठौर सशस्त्र प्रहरी बल गण रुपन्देहीका प्रमुख आनन्द थापा राष्ट्रिय अनुसन्धान रुपन्देही प्रमुख हरिश बिष्ट सैनामैना नगरपालिकाका उपप्रमुख बिना राना लगायत सैनामैना नगरपालिकामा कृयाशिल राष्ट्रिय राजनीति पार्टीका प्रमुख टोलबिकास संस्था आमा समुह लेडुवा गाउँका स्थानिय लगायत बृहत उपस्थितिमा बिभिन्न प्रजातिका २०० बिरुवा लगाईएको छ।
लगाईएको बिरुवालाई रेखदेखका लागि वडा कार्यालय,लेडुवा टोलबिकास स्थानिय नागरिक सब डिबिजन बन सामुदायिक बन लगायतले योजनाबद्ध तरिकाले सिमसार क्षेत्र सहित संरक्षण प्रबर्द्धन गरिने सैनामैना नगरपालिका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले जानकारी दिनुभयो ।
गत बर्ष नगरप्रमुख शर्माले पर्यावरण संरक्षण विशेष नीति लिएर नगरपालिका बाट १० लाख बजेट बिनियोजन गरि पोखरी आकर्षक बनाईएको छ । यस पोखरीमा हिउँदयाममा विभिन्न प्रजातिका चराहरु सयल गर्न आउने हुनाले पर्यावरणीय रुपले यो सिमसार क्षेत्रको संरक्षण आवश्यक देखिएको छ ।
कार्यक्रम मा उपस्थिति हुनुभएका आमाबुवा दाजुभाई दिदिबहिनी नागरिक समाज पत्रकार लगायत सम्पुर्ण मा धन्यवाद।
संविधान दिवस-२०८१ को सम्पुर्ण मा शुभकामना।।
मिति:२०८१-०६-२



No comments:
Post a Comment