Thursday, 19 September 2024

नेपाली कांग्रेस सैनामैनाले दीप प्रज्वलन गरी संविधान दिवस मनायो ।

 सैनामैना, २०८१ असोज -३

नेपाली कांग्रेस सैनामैना नगर समितिको आयोजनमा आज सैनामैना - ६ कलौनी चोकमा दीप प्रज्वलन गरी संविधान दिवस मनाएको छ ।



सैनामैना नगरपालिका नगर प्रमुख फणिन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रम नगर प्रमुख शर्माले वर्तमान संविधान नेपालीहरुको ७० वर्ष लामो संघर्षबाट नेपाली कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधान रहेका यसको स्थायित्व तथा कार्यान्वयनमा पनि कांग्रेस जिम्मेवार रहेको छ । वर्तमान संविधान कुनै धर्मको ग्रन्थ जस्तो स्थायि हुँदैन समय सापेक्ष संविधान जनताको चाहाना अनुसार संशोधन पनि हुने हुनाले नेपालको वर्तमान तरल राजनैतिक अवस्थालाई हेर्दा केही संशोधन गर्नु भएकाले देशका मूल राजनैतिक दल कांग्रेस एमालेको वर्तमान गठवन्धन भएको बताउनु भयो । सो कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति सदस्य प्राज्ञिक व्यक्तित्व चित्र बहादुर के.सी. नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ का सभापति तथा युवा नेता प्रजापाल गिरी लगायतले संविधान दिवशका अवसरमा शुभकामना मनतव्य दिनु भएको थियो ।

सो कार्यक्रम नेपाली कांग्रेस सैनामैना नगर समितिका सभापति रण बहादुर खनालको सभापतित्व तथा सचिव अर्जुन पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...