Friday, 20 September 2024

वृक्षारोपण गरियो , प्रस्तावित रेडक्रस बाटीकामा

 सैनामैना - २०८१ असोज ५ गते

मुर्गिया खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्वारा संचालित सुपर परियोजनाको सहआयोजनामा आज सैनामैना ४ अवस्थित दल प्रशोधन केन्द्र , प्रस्ताविक रेडक्रस वाटिका परिसर क्षेत्रमा विभिन्न उन्नत जातका फूल तथा सजावटका वृक्ष हरुको एक कार्यक्रमका विच सैनामैना नगर पालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा रोपण कार्य सम्पन्न भएको छ ।





सो कार्यक्रमामा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश सभापति लाल प्रसाद ,  वडा नं ४ का वडा अध्यक्ष राम प्रसाद अधिकारी , रेडक्रस सोसाइटी सैनामैना पर्रोहा उपशाखा सभापित मिना भण्डारी लगायत नागरिक , टोल विकास , आमा समूह विभिन्न संघ संस्था प्रमुखहरुको उपस्थितिमा मुर्गिया खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका अध्यक्ष प्रेमवहादुर बनियाको अध्यक्षता तथा संस्थाका सचिन भिम खड्काको संचालनमा सम्पन्न भएको थियो ।


No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...