सैनामैना, २०८१ मार्ग २५
- विक्रम पौडेल
नेपाल रेडक्रस साेसाइटी सैनामैना उपशाखा ( पर्राेहा) द्वारा आयाेजित एवं ४ नं वडा सैनामैना नगरपालिकाकाे आर्थिक सहयाेग र समन्वयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रमबाट १०० युनिट रक्ततत्व संकलन गरिएकाे छ ।सैनामैना ४ नगर अस्पताल परिसरमा सञ्चालित कार्यक्रम उपशाखाकी सभापति मिना भण्डारीको अध्यक्षता , सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्रप्रसाद शर्माको प्रमुख आतिथ्यता , पुर्व नगर प्रमुख चित्र बहादुर कार्की, सैनामैना वडा नं ४ का अध्यक्ष रामप्रसाद अधिकारी एवं नेपाल रेडक्रस साेसाईटि लुम्बिनी प्रदेश सभापति कृष्ण पंगेनीकाे विशिष्ट आतिथ्यता, सैनामैना व्यापार संघ कार्यवाहक अध्यक्ष देवीदत्त सुवेदी , नेपाल रेडक्रस साेसाइटीका पुर्व सभापतिहरु गाेविन्द प्रसाद लम्साल ,लाेकनाथ अधिकारी , निवर्तमा सभापति दिनेश पाैडेलकाे आतिथ्यता , वडा नं ४ का जनप्रतिनिधि तथा वडा सदस्यहरु, टाेल विकास सँस्थाका अध्यक्षहरु, विभिन्न विधालयका शिक्षक नायकहरु,आमा समुहका अध्यक्षहरु , विभिन्न रेडियाे र टेलिभिजनका पत्राकारहरु , पुर्व कार्यसमिति , आजिवन सदस्य र रक्तदाताहरुकाे उपस्थितिमा सम्पन्न । कार्यक्रमकाे संयाेजन उपशाखाका कार्यसमिति सदस्य गाेविन्दप्रसाद आचार्य , स्वागत उपशाखाकी उपसभापति दिव्या पंगेनी ज्युले गर्नुभएकाे थियाे भने कार्यक्रम काे सञ्चालन उपशाखाका काेषाध्यक्ष विक्रम पाैडेलले गर्नुभएकाे थियाे ।
उक्त रक्तदान कार्यक्रममा बाेल्दै प्रमुख अतिथि फणेन्द्रप्रसाद शर्माले रेडक्रसले यस नगरपालिकामा रक्तदानमा ठुलाे भुमिका खेलेकाे साथै ३ महिनामा खेर जाने रगत दान गर्नु जीवनदान भएकाे बताउँदै सैनामैना रेडक्रसले उत्कृष्ट कार्य गर्दै आएकाे र रक्तदान र जनचेतनामूलक काममा अगाडि रहेकाे जनाउँदै धन्यवाद र शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रममा बाेल्दै वडा अध्यक्ष तथा विशिष्ट अतिथि रामप्रसाद अधिकारीले संस्थाले रक्तदानमा खेलेकाे भुमिका अतुलनिय रहेकाे साथै वडा नं ४ ले भाैतिक विकास मात्रै नभई मानविय विकासमा ध्यान दिने उदेश्यले रेडक्रससँगै रक्तदानमा भुमिका खेलेकाे भन्दै प्रत्येक वर्ष यस वडाले रक्तदान कार्यक्रम सञ्चालन गर्ने पनि जनाउनुभयाे ।
कार्यक्रममा उपशाखाकी सभापति मिना भण्डारीले बाेल्दै समन्वय र आर्थिक सहयाेग गर्नुहुने वडा नं ४ परिवार , वडा अध्यक्ष र सम्पुर्ण जनप्रतिनिधिहरुलाई विशेष धन्यवाद दिनुभएकाे थियाे ।साथै उहाँले रक्तदानमा समन्वयकारी भुमिका खेल्ने ईनरह्विल संस्था सैनामैना एवं रक्तदातालाई सुचना पुर्याउन र सरसफाइमा समेत सहयाेग गर्ने राष्ट्रिय युवा क्लब सैनामैना ४ , सम्पुर्ण उपस्थित अतिथि र रक्तदाताहरुलाई धन्यवाद दिँदै रक्तदान प्रत्येक ३/३ महिनामा यश उपशाखाद्दारा सञ्चाल गरिने जानकारी समेत गराउनुभयाे ।


No comments:
Post a Comment