सैनामैना, २०८१ पौष ९ गते
नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखाले " रेडक्रस अभियान, रक्तदान जीवन दान " विषयक कविता प्रतियोगिता उपशाखा स्तरमा सम्पन्न गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका सभापति कृष्ण पंगेनीको प्रमुख आतिथ्यता रहेको कविता प्रतियोगितामा प्रमुख अतिथि पंगेनीले रेडक्रस गतिविधिमा सैनामैना क्षेत्रमा उर्वर रहेको हरेक परिस्थिति यस क्षेत्रमा रेडक्रस उदारणिय कार्य गर्दै आएको छ । मानवताको पक्षमा रेडक्रस अभियान र रक्तदानको महत्व र आवश्यकता बारेमा प्रकाश पार्नु भएको थियो ।
ग्यालेक्सी ई.बो स्कुलका प्रिन्सिपल श्रवण कुमार गौतमको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा रेडक्रस सोसाइटी सैनामैना उपशाखाका पूर्व सभापति लोकनाथ अधिकारी, निवर्तमान सभापति दिपेश्वर पौडेल लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
सैनामैना तथा शुद्धोधनका विभिन्न विद्यालयका १४ जना प्रतियोगि सहभागि रहेको कार्यक्रममा प्रथम स्थान न्यु एकेडेमी इङ्गलिस वोर्डिङ स्कुलबाट सहभागी सुदिक्षा थापा क्षेत्री, द्वितिय स्थान सैनामैना पर्रोहा परमेश्वर मा .वि. की छात्रा दर्शना ज्ञवाली,तृतिय स्थानमा दुर्गा भवानी माध्यमिक विद्यालयबाट सहभागी प्रकृति न्यौपाने त्यसैगरी सान्त्वना प्रभात आवाशिय मा.बि की प्रकृती भण्डारी भएका छन् ।
सो प्रतियोगितको निर्णायक मण्डलमा निर्णायक संयोजक मायादेवी गाउँ पालिका का स्वास्थ्य ,शिक्षा अधिकारी स्वास्थ्यकर्मी तथा संचारकर्मी भोजराज पोखरेल, सदस्यहरुमा जन कल्याण मा .वि . का नेपाली शिक्षक दुर्गा प्रसाद भूषाल, सिद्धार्थ मेमोरियल स्कुलका नेपाली शिक्षक काशीनाथ गौतम रहनु भएको थियो ।
यस प्रतियोगितमा छनौट दुई जना विद्यार्थी जिल्ला स्तरीय प्रतियोगितामा प्रतियोगी हुन पाउने,रेडक्रस सोसाइटी सैनामैना उपशाखाका कोषाध्यक्ष विक्रम पौडेलले जानकारी दिनुभयो ।
उक्त कार्यक्रम उपशाखाकी सभापति मिना भण्डारीको सभापतित्वमा उपशाखा उपसभापति दिव्या पंगेनीको स्वागत तथा उपशाखा कार्यसमिति सदस्य गोविन्द आर्चायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रमको आतिथ्यता ग्यालेक्सी युरेर र जुरेसले गरेको थियो ।




No comments:
Post a Comment