Monday, 27 January 2025

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको औपचारिक उद्घाटनः सहकारी अभियान सदृढ हुने अपेक्षा

काठमान्डौँ , माघ १४, २०८१

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको आज विधिवत् उद्घाटन गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ललितपुरको हरिहरभवन पुल्चोकमा प्राधिकरण कार्यालयको औपचारिक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । 


नियमकानुनमा रहेकाे अनेकाैं अप्ठ्यारालाइ हटाउँदै  सहकारी क्षेत्रमा रहेका बेथितिकाे अन्त्य गरी सही दिशामा लैजान सहकारी नियमन प्राधिकरणले चुस्त रूपमा काम गर्ने अपेक्षा गरिएकाे मन्त्री अधिकारीले बताए। 

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्ल, नेफ्स्कुनका अध्यक्ष चन्द्र ढकाल र अन्य सहकारी निकायमा प्रतिनिधिले मन्तब्य राख्दै प्राधिकरणले उदेश्यअनुरूप स्वतःस्फूर्त र प्रभावकारी रुपमा काम गर्न सकोस् भन्ने शुभकामना दिए । उनीहरूले अभियानकाे तर्फबाट प्राधिकरणलाइ सहयाेग रहने उल्लेख गरे । 

विद्यमान सरकारी संरचनाहरुले सहकारी संस्थाहरुको प्रभावकारी नियमन तथा अनुगमन गर्न नसकेको भन्दै सहकारी क्षेत्रका लागि शक्तिशाली नियामक आवश्यक रहेको औंल्याइँदै आएको थियो । 

सोही अवसरमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिइएका सोही मन्त्रालयका सचिव  अर्जुन प्रसाद पोखरेलले सपथ ग्रहणका साथ पदबहाली गरेका छन् । केहि दिन अघि मन्त्रीपरिषद् बैठकले सचिव पोखरेललाई नै कामकारबाही गर्ने गरी प्राधिकरणको पहिलो अध्यक्षको जिम्मेवारी तोकेको थियो । 

सरकारले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ मार्फत पुस १४ गते सहकारी ऐन २०७४ संशोधन गर्दै प्राधिकरण गठनको व्यवस्था गरेको थियो । संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्र भित्रका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको नियमनका लागि प्राधिकरणले कार्य गर्ने ताेकिएकाे छ । 

यसअघि राष्ट्रिय सहकारी बोर्ड रहेको पुल्चोक हरिहरभवनस्थित कार्यालयलाई नै प्राधिकरणको कार्यालय बनाइएको छ । 

 

Friday, 17 January 2025

लुम्बिनी प्रादेशिक अस्पतालमा थप गरिएको महिला तथा प्रसूति शल्यक्रिया कक्षको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गरेका छन्

 बुटवल, ४ माघ । 

रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा थप गरिएको महिला तथा प्रसूति शल्यक्रिया कक्षको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गरेका छन् । 


सो अवसरमा बोल्दै मुख्यमन्त्री उपचार सेवालाई छिटोछरितो रुपमा प्रदान गर्न शल्यक्रिया कक्षले महत्वपूर्ण योगदान गर्ने बताए । ‘उपचार सेवा लिन जुन पालो पर्खनुपर्ने अवस्था छ । त्यसलाई घटाउन सहयोग पुग्ने विश्वास लिएको छु’मुख्यमन्त्री आचार्यले भने, ‘अब पालो पर्खनुपर्ने समस्यालाई हल गर्न सक्ने छौं भन्ने लागेको छ ।’

प्रादेशिक अस्पतालको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने गरी सरकारले कार्यक्रम बनाएको बताउँदै त्यसमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको महत्वपूर्ण योगदान जरुरी रहेको उनले औंल्याए । ‘सेवा प्रवाहलाई चुस्त बनाउने भनेको यहाँ कार्यरत जनशक्तिले हो’उनले भने, ‘दत्तचित्त भएर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन यहाँहरुले खेलेको भूमिकाको प्रदेश सरकार प्रशंसा गर्न चाहन्छ । अझ यहाँहरुबाट थप योगदान सरकारले खोजेको छ ।’


 

त्यसै गरी लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले सेवालाई गुणस्तर बनाउनका लागि अस्पताल परिवारले सामुहिक भावनाले काम गर्न निर्देशन दिए । प्रदेश सरकारले सबै स्वास्थ्य संस्थाहरुलाई नजिकबाट निगरानी राखेर मूल्यांकन गरिरहेको उल्लेख गर्दै मन्त्री सारुले आफ्नो जिम्मेवारीमा प्रतिबद्ध भएर सेवामा लाग्न आग्रह गरे ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मात्र नभइ सिंगो प्रदेशको समृद्धिका लागि ‘लाइफ लाइन’ को रुपमा रहेको उनले उल्लेख गरे । अस्पतालमा आउने जुनसुकै वर्ग वा समुदायका सेवाग्राहीले अपनत्व महसुस गर्ने गरी निःस्वार्थ पूर्वाग्रहरहित भएर काम गर्न अस्पताल परिवारलाई मुख्यमन्त्री आचार्यले निर्देशन दिए । त्यसै गरी अस्पतालमा बन्दै गरेको १२ तले अत्याधुनिक भवन निर्माणका कामलाई समयै सम्पन्न गर्नका लागि सरकारले आवश्यक निगरानी र सहजीकरणको काम गरिरहेको समेत जानकारी गराए ।

Saturday, 11 January 2025

सैनामैना जेसीज २०२५ को पदाधिकारी सर्बसहमति सहित निर्बाचन प्रक्रिया पूरा भएको छ ।

 सैनामैना जेसीज २०२५ को पदाधिकारी सर्बसम्मत निर्बाचन प्रक्रिया पूरा भएको सैनामैना जेसिसका संस्थापक अध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिनु भएको छ ।

आज सैनामैना -२ ग्लोबल पार्टी प्यालेसमा भएको सैनामैना जेसिसको १० औँ वार्षिक साधारण सभा तथा नवौँ अधिवेशनले सैनामैना जेसीसका पूर्व महासचिव



  जेसी  गोबिन्द खरेल अध्यक्ष पदमा सर्वसम्मत हुनुभएको छ । त्यसैगरि कार्यकारिणी उपाध्यक्ष - जेसी सागर पौडेल ,कार्यकारिणी उपाध्यक्ष -  जेसी कमल ढकाल,उपाध्यक्ष - जेसी ,डा. शाहस चौधरी ,उपाध्यक्ष- जेसी प्रेम न्यौपाने ,उपाध्यक्ष- जेसी बर्षा  ज्ञवाली ,उपाध्यक्ष- जेसी अङ्किता पौडेल  साथै महासचिव अध्यक्षबाट मनोनित गरिने आयोजकले जनाएको छ भने सचिब पदमा सृष्टि पाण्डे,सह- कोषध्यक्ष -  सुस्मिता शाह उक्त कार्यसमितिको १ वर्ष कार्यकाल रहने वैधानिक व्यवस्था रहेको छ ।

नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा पर्रोहाको २२औँ उपशाखा सभा सम्पन्न ।

 

नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा पर्रोहाको  २२औँ उपशाखा सभा सम्पन्न ।
सैनामैना- पौष २७,
नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा पर्रोहाको  २२औँ उपशाखा सभा उपशाखा सभापति मिना भण्डारीको सभापतित्वमा तथा सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

 सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पंगेनी, सैनामैना नगरपालिका वडा नम्बर ४ र ३ का अध्यक्षदय रामप्रसाद अधिकारी , तमबहादुर पुर्जा, 

उपशाखाका संस्थापक अध्यक्ष प्रेम बहादुर बानियाँ, सैनामैना उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा उपशाखाका

पूर्व सभापति लोकनाथ अधिकारी, निर्वतमान सभापति दिनेश पौडेल, सैनामैना उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष प्रेम बहादुर खड्का, व्यापार संघका का बा अध्यक्ष देवी दत्त सुवेदी , शिशै मावि का प्रधानाध्यक गुणानिधि घिमिरे, शिक्षक नायकहरुको तर्फवाट सूर्य बिक्रम राना लगायतले शुभकामना मन्तव्य राख्नु भएको छ ।


सैनामैना उपशाखाकी सभापति मिना भण्डारीले उपशाखाको भावी कार्यक्रम तथा गत वर्ष सम्पन्न कार्यक्रम समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष विक्रम पौडेल .ले रू ३०४२६९ /- आय तर्फ त्यसैगरी रू ३०४२६९/- खर्च तर्फको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि फणेन्द्र प्रसाद शर्माले न्यानो कपडा वितरण गर्दै सैनामैना नगरपालिका स्वीस रेडक्रसको आर्थिक सहयोगमा Supper परियोजना संचालन भई चार करोड बरावरको काम अगाडी बढेको बताउनु भयो । साथै उपशाखाले यस क्षेत्रमा सामाजिक क्षेत्रको परिर्वतनका लागि धेरै सामाजिक कार्य गर्दै आएको जनाउनु भयो । साथै रेडक्रसका सामाजिक गतिविधिमा नगर पालिका सहयोगी रहने बताउनु भयो ।

 विशिष्ट अतिथि लाल  पंगेनीले यस क्षेत्रमा नगरपालिकाले सहकार्य गर्न चाहेमा अन्तर्राष्ट्रिय रेडक्रसको सहयोगमा स्वास्थ्य क्षेत्रमा सहकार्य गरि आँखा अस्पताल संचालन गर्न सकिने बताउनु भयो । सो अवसरमा उपशाखा उपसभापति दिब्या पंगेनीको स्वागत तथा कोषाध्यक्ष विक्रम पौडेलको संचालनमा सम्पन्न भएको थियो

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...