नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा पर्रोहाको २२औँ उपशाखा सभा सम्पन्न ।
सैनामैना- पौष २७,
नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा पर्रोहाको २२औँ उपशाखा सभा उपशाखा सभापति मिना भण्डारीको सभापतित्वमा तथा सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पंगेनी, सैनामैना नगरपालिका वडा नम्बर ४ र ३ का अध्यक्षदय रामप्रसाद अधिकारी , तमबहादुर पुर्जा,
उपशाखाका संस्थापक अध्यक्ष प्रेम बहादुर बानियाँ, सैनामैना उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तथा उपशाखाका
पूर्व सभापति लोकनाथ अधिकारी, निर्वतमान सभापति दिनेश पौडेल, सैनामैना उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष प्रेम बहादुर खड्का, व्यापार संघका का बा अध्यक्ष देवी दत्त सुवेदी , शिशै मावि का प्रधानाध्यक गुणानिधि घिमिरे, शिक्षक नायकहरुको तर्फवाट सूर्य बिक्रम राना लगायतले शुभकामना मन्तव्य राख्नु भएको छ ।
पूर्व सभापति लोकनाथ अधिकारी, निर्वतमान सभापति दिनेश पौडेल, सैनामैना उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष प्रेम बहादुर खड्का, व्यापार संघका का बा अध्यक्ष देवी दत्त सुवेदी , शिशै मावि का प्रधानाध्यक गुणानिधि घिमिरे, शिक्षक नायकहरुको तर्फवाट सूर्य बिक्रम राना लगायतले शुभकामना मन्तव्य राख्नु भएको छ ।
सैनामैना उपशाखाकी सभापति मिना भण्डारीले उपशाखाको भावी कार्यक्रम तथा गत वर्ष सम्पन्न कार्यक्रम समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष विक्रम पौडेल .ले रू ३०४२६९ /- आय तर्फ त्यसैगरी रू ३०४२६९/- खर्च तर्फको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि फणेन्द्र प्रसाद शर्माले न्यानो कपडा वितरण गर्दै सैनामैना नगरपालिका स्वीस रेडक्रसको आर्थिक सहयोगमा Supper परियोजना संचालन भई चार करोड बरावरको काम अगाडी बढेको बताउनु भयो । साथै उपशाखाले यस क्षेत्रमा सामाजिक क्षेत्रको परिर्वतनका लागि धेरै सामाजिक कार्य गर्दै आएको जनाउनु भयो । साथै रेडक्रसका सामाजिक गतिविधिमा नगर पालिका सहयोगी रहने बताउनु भयो ।
विशिष्ट अतिथि लाल पंगेनीले यस क्षेत्रमा नगरपालिकाले सहकार्य गर्न चाहेमा अन्तर्राष्ट्रिय रेडक्रसको सहयोगमा स्वास्थ्य क्षेत्रमा सहकार्य गरि आँखा अस्पताल संचालन गर्न सकिने बताउनु भयो । सो अवसरमा उपशाखा उपसभापति दिब्या पंगेनीको स्वागत तथा कोषाध्यक्ष विक्रम पौडेलको संचालनमा सम्पन्न भएको थियो ।





No comments:
Post a Comment