Saturday, 28 December 2024

पर्रोहा बहुमुखी क्याम्पसद्वारा खेल सप्ताह समुद्घाटन ।

 पर्रोहा बहुमुखी क्याम्पसद्वारा खेल सप्ताह समुद्घाटन ।
सैनामैना , पौष १४ गते
सैनामैना नगरपालिका वडा नं ४ अवस्थित पर्रोहा बहुमुखी क्याम्पसले खेल सप्ताह संचालन गरेको छ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष खुसीराम चौधरी तथा क्याम्पस प्रमुख हेम चन्द्र शर्मा द्वयले TT game को ब्याट हानेर उद्घाटन गर्नु भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि चौधरीले खेलवाट नै विद्यार्थीले मानसिक र बौद्धिक क्षमताको विकास गर्ने बताउनु भयो साथै खेलले समुदायमा मेलमिलाप र बन्धुत्वको विकास हुने बताउनु भयो । सो कार्यक्रम अतिरिक्त क्रियाकलाप संयोजक मोहन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा खेल सप्ताहको महत्व र वार्षिक क्याम्पसका गतिविधि क्याम्पस प्रमुख हेमचन्द्र शर्माले प्रकाश पार्नु भएको थियो । RMC विभाग प्रमुख हेमन्त शर्मा , PIC संयोजक लोकनाथ अधिकारी, प्रध्यापक फर्साराम आर्चाय तथा SQC संयोजक सितल थापाले विभिन्न खेलहरुको संयोजन गर्नु भएको छ ।

क्याम्पसको वार्षिक योजना अनुसार संचालन गरिएको खेल सप्ताह पौष १४ गते देखि १८ गते सम्म संचालन हुनेछ ।





 यस अर्न्तगत आज पहिलो दिनका खेलहरुमा बुद्धिचाल (चेस ) टेबुल टेनिस (टि टि ) तथा कुर्ची दौड संचालन भएकोमा  टेबुल टेनिस ( टि टी) खेलमा विविएस प्रथम वर्षका छात्रा गौरव कार्की प्रथम, द्वितीय विविएस प्रथम वर्षका महेश घिमिरे भएका छन् भने म्यूजिकल रेस (कुर्ची दौडमा ) प्रथम  विविएस चौथो वर्षकी छात्रा डिला शर्मा, त्यसैगरी वि.वि.एस. चौथो वर्षकी छात्रा जमुना चौधरी साथै तृतीय  वि .वि .एस वर्षकी छात्रा हिरा शाही हुनुभएको । त्यसैगरि बुद्धिचाल तर्फ प्रथम  चौथो वर्ष सन्दीप पाण्डे, प्रथम वर्षका विवेष केसी द्वितीय भएका छन् ।

त्यसैगरी भोलि २०८१ पौष १६ गते नियमित खेलहरुमा वेलुन क्रास , स्पुन एण्ड मार्वल रेस, ब्याटमिन्टन, साथै डोरी तान्ने खेल रहेको छ भने १७ गते का दिन नव आगन्तुक विद्यार्थीहरूको स्वागत समारोह रहेको छ भने १८ गतेका दिन भलिबल प्रतियोगिता, कर्वदी Kabaddi साथै भलिवल प्रतियोगिताको फाइनल रहेको आतिरिक्त क्रियाकलाप संयोजक मोहन शर्माले सैनामैना न्यूजलाई जानकारी दिनुभयो ।

No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...