Wednesday, 28 May 2025

सुनखानी कृषि सहकारी संस्था लिमिटेडमा आधारभूत सहकारी शिक्षा तालिम सम्पन्न ।

 सैनामैना, २०८२ जेष्ठ ,१४गते

सैनामैना -३ अवस्थित श्री सुनखानी कृषि सहकारी संस्था लि . द्वारा आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत आफ्ना शेयर सदस्यहरुलाई सैनामैना -६ अवस्थित कालमोचन मन्दिर सभाहलमा आधारभूत सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ ।


उक्त कार्यक्रममा प्रमुख अतिथि समाजसेवी तथा बरिष्ठ सहकारी कर्मी सप्तऋषि साकोसका अध्यक्ष प्रेम बहादुर बानियाँले गरिवी अन्त्य र समृद्धिको यात्रा सहकारी अभियानबाटै संभव रहेको बताउनु भयो । 





त्यसर्थ सहकारी अभियनता र सहकारी कर्मीले सहकारी मूल्य मान्यता र सिद्धान्त आत्मासाथ गर्नुपर्ने बताउनु भयो ।सो कार्यक्रममा समाजसेवी तथा सुनखानी कृषि सहकारी संस्थाका सल्लाहकार मित्र बहादुर एसी, चौतारी साकोसका अध्यक्ष  सावित्रा न्यौपाने, सप्त ऋषि साकोसका व्यवस्थापक कोषराज बस्नेत लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


सो कार्यक्रमा सहकारी विज्ञ तथा प्रशिक्षक लोकनाथ अधिकारीले सहजिकरण गर्नुभएको थियो । भने कार्यक्रमको  अध्यक्षता संस्थाका अध्यक्ष अशोक खड्का र स्वागत संस्थाका सचिव गंगाराज पौडेल र संचालन संस्थाका व्यवस्थापक राम बहादुर बानियाँले गर्नु भएको थियो ।

No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...