Saturday, 31 May 2025

सियारी साकोसले दुई दिने सहकारी नीति तथा वार्षिक योजना र बजेट निर्माण तालिम सम्पन्न गरेकाे छ ।

 सियारी, जेष्ठ १७, २०८२

सियारी वचत तथा ऋण सहकारी संस्था लिमिटेड, सियारी -६ले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत संचालक समिति, आन्तरिक लेखा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरुलाई दुई दिने सहकारी नीति तथा वार्षिक योजना तथा बजेट निर्माण तालिम आज सम्पन्न गरेको छ ।


संस्थाका अध्यक्ष विक्रम भुज गुप्ताको अध्यक्षता जिल्ला सहकारी संघका महासचिव दामोदर पंगेनीको प्रमुख





आतिथ्यतामा भएको कार्यक्रम हिजो र आज गरि सम्पन्न भएको छ । सो प्रशिक्षणमा सहकारी अभियन्ता दामोदर पंगेनी तथा लोकनाथ अधिकारीले सहजिकरण गर्नुभएको थियो । तालिममा समिति उपसमिति गरी २५ जनाको सहभागीता रहेको थियो । सो कार्यक्रमको संचालन सचिव  राजेन्द्र चौधरीले गर्नु भएको थियो भने स्वागत  व्यवस्थापक रिता चौधरीले गर्नु भएको थियो ।

No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...