सैनामैना,२९ साउन २०८२
सैनामैना नगरपालिका वडा नम्बर ३ मा रहेको रूपन्देहीकै उत्कृष्ट शैक्षिक प्रतिष्ठान सुनगाभा पब्लिक स्कुलले २०८२ सालमा एसएलसी अर्थात् कक्षा १२ उत्तीर्ण हुने विद्यार्थीहरूका लागि बधाई शुभकामना तथा सहजीकरण कार्यक्रम विद्यालयको सभाहलमा सम्पन्न गरेको छ।
२०८२ सालमा राष्ट्रिय परीक्षा बोर्डबाट लिएको कक्षा १२ को परीक्षामा सैनामैना नगरपालिका भित्र व्यवस्थापन विषय पढ्नेहरूमा यस विद्यालयका छात्र समिर रेश्मीद्वारा 3 .86 जिपिए प्राप्त गरी उत्कृष्ट नतिजा दिन सफल रहेका थिए । यस अवसरमा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई खादा माला र टीकाद्वारा सम्मान गरिएको थियो। उक्त कार्यक्रममा विद्यालयमा अध्यापन गराउनु हुने शिक्षकहरूमा शत प्रतिशत नतिजा निकाल्ने शिक्षकहरूलाई नि सम्मान प्रदान गरिएको थियो।
उक्त कार्यक्रमको समुद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलीराज गौतमले गर्नुभएको थियो ।सो अवसरमा उहाँले यस विद्यालयमा आधुनिक र वैज्ञानिक तरिकाले विद्यार्थीहरूको मनोभावनालाई बुझेर शिक्षण सिकाइ गरिएको कारणले सबैजसो वर्ष यस विद्यालयको रिजल्ट उत्कृष्ट रहेको बताउनुभयो। सो अवसरमा पर्रोहा बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष खुसीराम चौधरीले सुनगाभा पब्लिक स्कुलले विद्यार्थीहरूको चाहना र आवश्यकतालाई बुझेर शिक्षण गतिविधि गर्ने हुनाले यो विद्यालय सैनामैनामा अगाडि रहेको बताउनुभयो। अहिले सैनामैनामा एउटा शैक्षिक बहस अगाडि आएको छ जुन विहानमा कक्षा ११ र १२ पढ्ने विद्यार्थी पढ्न पाउनुपर्ने र दिउँसोमा काम गर्न पाउने जुन माग उठेको छ ,उक्त माग समय अनुकूलन आवाज हो।अहिले विश्वभरि लर्निङ एन्ड अर्निङ प्रोग्राम विद्यालय, महाविद्यालय र विश्वविद्यालयले ल्याइरहेको अवस्थामा सैनामैना नगरपालिकाले दिवा समयमा मात्रै कक्षा ११ र १२ को क्लास सञ्चालन गर्ने नीति समय अनुकूल नभएको आवाज उठाउनुभयो। सो अवसरमा सामाजिक अभियन्ता तथा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पंगनीले आजको शिक्षा विश्व बजारमा बिक्ने शिक्षा हुनुपर्छ ।जुन शिक्षा लिनको लागि हामी विदेशै धाउनुपर्ने वा टाढा टाढाका विद्यालय, विश्वविद्यालय धाउनुपर्ने होइन यसै स्थानीय तहमा राष्ट्रिय स्तरमै पहिचान स्थापना गरेका क्याम्पसहरू रहेकाले विद्यार्थी भाइबहिनीहरूलाई स्थानीय क्षेत्रमै अध्ययन गर्नका लागि जोड दिनुभयो ।
कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक द्वय डा. श्री भट्टराई उपप्राध्यापक जेबी क्षेत्री ,पर्रोहा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हेमचन्द्र शर्मा,शिक्षाप्रेमी तथा प् पर्रोहा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख चित्रबहादुर केसी लगायतले व्यवहारिक , वैज्ञानिक शिक्षा स्थानीय स्तरमै प्राप्त हुने हुनाले विदेशी गल्ली र स्थानीय तह भन्दा टाढा गएर त्यो शिक्षा प्राप्त नहुने मेहनत गर्ने हो भने आफ्नै बाबाआमाको काखमा बसेर उच्चस्तरीय शिक्षा सैनामैना क्षेत्रमै प्राप्त हुने कुरालाई जोड्नु भयो।
सो अवसरमा विद्यालयका प्राचार्य शिक्षाप्रेमी व्यक्तित्व तिलक केसी ले प्रतिस्पर्धी युगमा शिक्षा पनि प्रतिस्पर्धी हुनुपर्ने जसका लागि सुनगाभा पब्लिक स्कुल स्थापना कालदेखि नै संघर्षशील रहेको र स्तरीय नतिजा दिन सफल रहेको कुरालाई उदाहरणसहित प्रष्ट पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो भने विद्यालयका शिक्षक लोकनाथ अधिकारीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो।
No comments:
Post a Comment