सैनामैना,श्रावण १९ गते सोमबार।
सैनामैन उद्योग वाणिज्य सङ्घको वार्षिक कार्ययोजना अन्तर्गत आज यस क्षेत्रको प्रसिद्ध स्वयं उत्पत्तिमान पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा एक दिनै भण्डारा तथा सरसफाई कार्यक्रम कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रममा सङ्घको तर्फबाट ३१ हजार सङ्घका अध्यक्ष कृष्ण पोखरेलद्वारा बोलवमधामका अध्यक्ष चित्र ।बहादुर कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो। सो कार्यक्रममा व्यासाचार्य धामका संरक्षक किशोर गौतम को विशेष उपस्थिति रहेको थियो।सैनामैना उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूको उपस्थितिमा केही समय भण्डारामा प्रसाद पकाउने कार्य पनि भएको संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ अधिकारीले जानकारी दिनुभएको थियो।
सैनामैना नगरपालिका वार्ड नं १ मा रहेको यस धाममा देश विदेश देखि भक्तजनहरूको कुइचो लाग्ने गरेको छ। प्रत्येक श्रावण महिनाको सोमबारका दिन विशेष महत्वका साथ भक्तजनहरूले दूध नैवेद जल शिवलिङ्गमा अर्पण गर्दछन्।
यस क्षेत्रमा भक्तजनहरूको ठूलो विश्वास र भक्ति रहेको देखिन्छ। असार गुरु पूर्णिमादेखि श्रावणीको एक महिना विशेष महत्वका साथ श्रावणी जलार्पण मेला लाग्ने गर्दछ ।

.jpg)


No comments:
Post a Comment