सैनामैना, २३ श्रावण २०८२
नेपाल रेडक्रस साेसाइटी सैनामैना उपशाखा ( पर्राेहा) काे आयाेजना तथा सैनामैना पर्राेहा परमेश्वर नमुना मा वि काे आतिथ्यतामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रम उपशाखाकी सभापति मिना भण्डारीको अध्यक्षता , सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता, नेपाल रेडक्रस साेसाइटी लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण पंगेनी एवं सैनामैना मा वि का प्र अ नेत्र पुरीकाे विशेष आतिथ्यता एवं उपशाखाका पदाधिकारी , विद्यालयका शिक्षक नायक , गुरुहरु, युरेस जुरेस र कक्षा १२ का विधार्थी लगायतको रक्तदानमा उपस्थिति रहेको थियोे ।
कार्यक्रम उपशाखा कार्यसमिति सदस्य लक्ष्मी थापाको संयाेजकत्वमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा प्रमुख अतिथि नगर प्रमुख शर्माले बाेल्दै रक्तदान र रेडक्रसकाे महत्त्व र युरेस,जुरेसकाे सहभागीतालाई जोड्दै विधार्थी कालदेखि सामाजिक सेवामा उत्प्रेरित गर्न रेडक्रसले खेलेकाे भुमिकाकाे विषयमा विचार व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रम प्रदेश अध्यक्ष कृष्ण पंगेनी सैनामैना मा वि , प्रअ नेत्र पुरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।सो कार्यक्रममा स्वागत मन्तव्य उपसभापति दिब्या पौडेल र सञ्चालन उपशाखाका सचिव थानेश्वर न्यौपानेले गर्नुभएको थियो।


No comments:
Post a Comment