सैनामैना , श्रावण - ७
ठूला राजनैतिक दलहरू विच पानी बाराबारको अवस्थामा नीजि र दलगत स्वार्थका लागि भने रातारात एउटै घाटी बनाउने कांग्रेस - एमाले राष्ट्रिय रुपमा विरलै मेलमिलाप देखिएता पनि सैनामैनामा भने छुट्टै संस्कृति र संस्कार विकास भएको छ । हिजो सैनामैना नगरपालिका द्वारा आयोजित ४१ औँ विपी स्मृति एउटै छाना मुनी बसेर विपीको योगदानका चर्चा गरेका नेता आज पून ४५ औँ पुष्पलाल स्मृति बनाउदै एउटै छानामा पुष्पलालको जीवन बाचन गरेको पाइयो । कार्यक्रम साचै रोचक र सान्दभिर्क रहेको थियो ।यो शिक्षा राष्ट्रिय स्तरमा पनि हुनुपर्ने सहभागीहरुको कथन रहेको छ।
विगतका वर्ष मा जस्तै यस वर्ष पनि पुष्पलालको ४५ औं स्मृति दिवसको अवसरमा सैनामैना नगरपालिकाले आईतवार विहान एक कार्यक्रमको आयोजना गरि बृक्षारोपण गरेको छ ।
आइतवार विहान आयोजित कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले वीपी र पुष्पलालका नीति र विचारहरु अनुसरण गरेर अहिलेको अवस्थामा व्यवस्था बलियो हुने, जनताको जीवनलाई परिवर्तन गर्ने, देशलाई बलियो बनाउने गरि अघि बढ्नु जरुरी रहेकोमा जोड दिए।
सोही कार्यक्रममा सैनामैना नगरपालिका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले सैनामैनामा राजनैतिक दलहरु वीच राजनैतिक संस्कार बसेको छ। हरेक विकासका मुद्दामा सहकार्य सहमति र एकता सैनामैना रहेको जानकारी दिए । नगर प्रमुख शर्माले यसै कार्यकालमा पर्यावरण मैत्री सैनामैना निर्माण गर्न आफू दतचित भएर अगाडी वढेको जानकारी दिए ।
सो कार्यक्रममा सैनामैना नगरपालिकामा पूर्व नगर प्रमुख चित्र बहादुर कार्की लगाएत सैनामैनामा क्रियाशिल राष्ट्रिय मान्यता प्राप्त दलका प्रमुख तथा प्रतिनिधिहरु साथै विभिन्न संघ संस्था का अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थितिमा सैनामैना नगरपालिका वडा नं. ५ बक्सड डाँडा कोटिया माइ क्षेत्रमा विभिन्न प्रजातिका बोट बिरुवा रोप्ने काम भएको थियो ।
सो कार्यक्रम नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको अध्यक्षतामा उपप्रमुख विना रानाको स्वागत तथा सैनामैना नगरपालिका वडा नं.८ वडा अध्यक्ष वुद्धिराम चौधरीले संचालन गरेका थिए ।






No comments:
Post a Comment