Tuesday, 26 December 2023

सुनगाभा पब्लिक स्कूलको २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न ।

 सुनगाभा पब्लिक स्कूलको २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न ।

सैनामैना,पौष-१० 

राष्ट्रिय स्तरमा नै प्रतिष्ठित शैक्षिक प्रतिष्ठान मध्ये पहिचान बनाएको रुपन्देहीको सैनामैना -३, अवस्थित सुनगाभा पब्लिक स्कुलले आज आफ्नो २७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । लुम्बिनी प्रदेश सरकारका गृह मन्त्री सन्तोष कुमार पाण्डेको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशलाई एउटा शिक्षित प्रदेश निर्माण गर्न लागेको छ । प्राविधिक शिक्षालाई  जग बनाउदै प्रदेश सरकार अगाडी बढेको छ। 


भने राजनीति तर्फ जोड्दै उनले भने हरेक नागरिकको शेयर जनप्रतिनिधि र सरकारका मन्त्रीमा रहेकोले नागरिक प्रति सरकारका संचालक बफादार रहनु पर्ने बताएका छन् । लुम्बिनी प्रदेशले शिक्षा क्षेत्रमा देखिने गरी कार्यक्रम ल्याउँने छ शिक्षाको क्षेत्रमा लुम्बिनी प्रदेशलाई उत्कृष्ट प्रदेश बनाउने कुरामा जोड दिएका छन् ।


 सो कार्यक्रममा एन प्याब्सन केन्द्रीय सल्लाहकार राजु गुरुङ्ग, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश समितिका सभापति कृष्ण पंगेनी, पूर्व अध्यक्ष नरहरी अर्याल, प्रेम प्रसाद सापकोटा, सैनामैना नगरपालिका वडा नं. ४ का अध्यक्ष  राम प्रसाद अधिकारी वडा नं .  ३ का तम बहादुर पुर्जा, सहिद नारायण पोख्रेल रामापुर क्याम्पस प्रमुख हेम व . थापा, पूर्व शेयर सदस्य तथा बौद्धिक व्यक्तित्व यज्ञलाल सुवेदी, लगायतले आफ्नो धारणा राखेका थिए । भने विद्यालयका प्राचार्य तिलव केसी द्वारा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।


सो अवसरमा विद्यालयमा लामो समय सेवा गर्ने शिक्षक तथा कर्मचारीलाई दीर्घ सेवा सम्मान प्रदान गरिनुका साथै सैनामैना नगरपालिका भित्रका ८० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई विशेष सम्मान तथा पुरस्कार वितरण गरिनुका साथै वार्षिक उत्सवको पूर्वसन्ध्या आयोजित खेलकुद सप्ताहका पुरस्कार वितरण गरिएको भियो ।


२७ औं वार्षिकोत्सवकै अवसरमा विद्यालयमा फुड फेस्टिवल तथा विद्यार्थीद्वारा निर्माण गरिएका विज्ञान प्रविधि तथा आई टी सामाग्रीहरुको पर्दशनी साथै स्थानिय संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । 



सो कार्यक्रम विद्यालयका अध्यक्ष डिल्ली राज गौतमको अध्यक्षता, पूर्व अध्यक्ष लक्ष्मी जोशीको स्वागत साथै विद्यालयका सहायक प्रधानाध्यापक कमल चन्द्र पौडेलले संचालन गरेका थिए ।





No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...