सैनामैना, पौष-१२ ,
नेपाल रेडक्रस साेसाईटि सैनामैना उपशाखा ( पर्राेहा) काे आयाेजना र प्रभात ईङ्गलिश बाेर्डिङ्ग स्कुलकाे आतिथ्यतामा उपशाखाको अधिवेशनको पूर्वसन्ध्या पारेर बृहत् रक्तदान कार्यक्रम प्रभात स्कुलकाे सभाहलमा सम्पन्न गरेकाे छ ।
सो कार्यक्रम संस्थाका सभापति दिनेश पाैडेलकाे अध्यक्षता तथा सैनामैना नगरका नगर प्रमुख फणेन्द्रप्रसाद शर्माकाे प्रमुख आतिथ्यता, प्रभात स्कुलका प्राचार्य अनन्तराम शर्माकाे विशिष्ट आतिथ्यता , रेडक्रस सैनामैनाका निवर्तमान सभापति लाेकनाथ अधिकारी , अतिथि रेडक्रस सैनामैना सल्लाहकार जगन्नाथ गाैतम लगायत विशेष उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम कार्यक्रम कि संयाेजक तथा उपशाखाकी उपसभापति मिना भण्डारी काे स्वागत तथा उपशाखाका सहसचिव रामचन्द्र ढकालकाे सञ्चालनमा भएकाे थियो ।उक्त कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले जहाँ दुख्छ त्यहाँ पुग्छ काे नारा र सेवा नै धर्मलाई आत्मसाथ गर्दै रेडक्रसले '
मानविय गतिविधिहरु गरिरहेकाे , अहिलेकाे दिनेशजि नेतृत्वको कार्यसमिति जिल्लामै सम्भवत उत्कृष्ट कार्य गरिरहेकाे , रक्तदान एउटा महान दान भएकाे साथै ३ महिनामा नष्ट हुने रगतलाई अरु व्यक्तिलाई दान गर्नु अत्यन्तै ठुलाे पुण्यकाे काम भएकाे बताएका छन् ।




No comments:
Post a Comment