Monday, 1 January 2024

पर्रोहा बहुमुखी क्याम्पसमा खेल सप्ताह सुरु

 पर्रोहा बहुमुखी क्याम्पसमा खेल सप्ताह सुरु 

२०८० पुस १६

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ४ मुर्गियामा रहेको एउटा अबल उच्च शिक्षा प्रदान गरि रहको लुम्बिनी प्रदेशको उत्कृष्ठ क्याम्पस छाप बनाएको पर्रोहा बहुमुखी क्याम्पसले सोमवारदेखि खेल सप्ताह सुरु भएको छ । खेल सप्ताह  पौष १६–२० गते सम्म सञ्चालन हुने छ ।



जस अनुसार आज पहिलो दिनका खेलहरू देहाय वमोजिम कार्य विभाजन गरिएको छ । बुद्धिचाल प्रतियोगिताको संयोजन उप प्रध्यापक फर्साराम आर्चाय, अन्तर कक्षा हाजिरी जवाफ प्रतियोगिताको संयोजक उप प्रध्यापक लोकनाथ अधिकारी, वक्तृत्वकला प्रतियोगिता संयोजक उप प्रध्यापक जगन्नाथ गौतम


फुटवल,  क्रिकेट प्रतियोगिताको संयोजक उपप्रध्यापक गोकुल शर्मा, स्टुडेन्ट अफ दि इयर को उपप्रध्यापक हेमन्त शर्माले त्यसैगरी म्याथ म्याट्रिस रेस उप प्रध्यापक मिना भण्डारी , रसी तान्ने , टेबलटेनिस, व्याडमिन्टन प्रतियोगिता आदिको संयोजक अतिरिक्त क्रियाकलाप संयोजक उपप्रध्यापक मोहन शर्माको जिम्मेवारी रहेको छ । यस पटक क्याम्पसले  दर्जन भन्दा बढी खेल आयोजना गरेको मोहन शर्माले जानकारी दिनु भयो ।


 खेलकुद प्रतियोगिताले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभाको बिकासका लागि खेल सप्ताहको आयोजना गरेको क्याम्पस प्रमुख हेम शर्माले जानकारी गराउनुभयो । खेल सप्ताह अन्तर्गत आज (सोमवार) टेवल टेनिस, कुर्ची दौड, व्याड मिन्टन र डोरी तान खेलहरु सम्पन्न भएका छन् ।

No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...