सैनामैना, फाल्गुन१०
पर्राेहा बहुमुखी क्याम्पसको तेह्रौ क्याम्पस सभा तथा पाँचौ अधिवेशन सुरु भएको छ l बिहिवार क्याम्पसको प्राङ्गणमा आयोजित तेह्रौ क्याम्पस सभाको समउद्घाटन लुम्बिनी प्रदेश संसाद तथा पुर्वस्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले गर्नुभएको हो ।
सो अवसरमा प्रदेश संसाद भोजप्रसाद श्रेष्ठले पर्राेहा बहुमुखी क्याम्पसले प्राप्त गरेको शैक्षिक सफलताले यस क्षेत्रको शिक्षा बिकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । विद्यार्थीहरुमा विज्ञान र प्राविधिप्रतिको बढ्दो आकर्षणलाई नयाँपन दिन विद्यालय तथा क्याम्पसले सोहि अनुसारको शिक्षा पद्धति अपनाउनुपर्ने आवश्यकता उल्लेख गर्नुभयो ।
पुलपुलेसा, बाटोघाटाे र भौतिक पुर्वधारलाई मात्रै विकास मान्ने मानसिकता भन्दा माथि उठेर शैक्षिक र मानवीय विकासतर्फ ध्यान दिनुपर्ने भनाई राख्नुभयो ।
संसाद श्रेष्ठले शिक्षाको विकास बिना देशमाथि उठ्न नसक्ने भन्दै शिक्षा क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने आवश्यकता औल्याउँदै शिक्षाको गुणस्तर वृद्धि, शिक्षालाई व्यवसायीक, आधुनिकीकरण र प्रविधिकरण बनाउनेतर्फ जोड दिनुभयो ।
पछिल्लो समय प्लस टु सकिनासाथ विद्यार्थी र युवाहरु बिदेशीनेक्रमले गर्दा नेपालमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या न्यून भएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले अव सरकारले नै उचित निति ल्याउन तथा न्यायोचित शिक्षा प्रणाली अवलम्बन गरि कार्यन्वयन पक्षमा जोड दिनुुभयो ।
सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले पर्राेहा बहुमुखी क्याम्पसले देशमै उत्कृष्ट नतिजा दिदै सैनामैना कै पहिचान दिलाउन सफल भएकोमा खुसी व्यक्त गर्दै क्याम्पसको शैक्षिक सफलताको शुभकामना दिनुभयो । पढाइ सर्टिफिकेट प्राप्तका लागि मात्रै नभएर जिवनउपयोगी सिकाई सिकाउदै विश्वमै प्रतिस्पर्धा गर्ने खालको विद्यार्थी उत्पादनतर्फ विद्यालय र क्याम्पसले ध्यान दिनुपर्ने बताउनुभयो । शिक्षालाई मुख्य प्राथमिकता दिँदै नगरपालिका शैक्षिक गुणस्तर विकासमा अघि बढेकाे बताउदै प्रमुख शर्माले प्राविधिक शिक्षातर्फका विषय सैनामैनाकाविद्यालयमा पढाई भैरहेकोले यस क्षेत्रका विद्यार्थीलाई यहीँ पढाउनुपर्ने अभियानमा सबैको साथ सहयोग र सहकार्य गर्दै जानुपर्ने बताउनुभयो ।
सो कार्यक्रमले पाचौँ अधिवेशनका लागि गठित निर्वाचन समितिले कार्य तालिका नै ननिकाले सिधै फाल्गुन २० गते सम्म राजनैतिक सहमति र सर्वसम्मत गर्ने समयावदी तोकिएको छ ।


No comments:
Post a Comment