Friday, 23 February 2024

नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा (पर्रोहा ) ले उपशाखा स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न गरेको छ ।

 सैनामैना, फाल्गुन-११

नेपाल रेडक्रस सोसाइटी सैनामैना  उपशाखा (पर्रोहा ) ले उपशाखा स्तरीय निबन्ध प्रतियोगिता आज न्यू एकेडेमी ई०वो० स्कुलको सभा हलमा सम्पन्न गरेको छ ।


नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा ,पर्रोहाले आयोजना गरेको कार्यक्रममा सैनामैना नगरपालिका भित्रका विभिन्न ८ वटा विद्यालयको सहभागिता रहेको थियो । " मानविय सेवा कार्यमा जुनियर तथा युवाको भूमिका ", शिर्षकको निबन्ध प्रतियोगितामा सैनामैना -४ अवस्थित ग्यालेक्सी ई० वो० स्कुलकी छात्रा कस्मि तिलिजा प्रथम भएकी छन् भने  सैनामैना ३ अवस्थित सुनगाभा पब्लिक स्कुलकी छात्र विशाल भटृराई द्वितीय भएका छन् । यस चरणमा प्रथम र द्वितीय हुने दुवै प्रतियोगि जिल्ला स्तरीय निवन्ध प्रतियोगितामा सहभागि हुनेछन् । 


जिल्लामा विभिन्न १९ उपशाखाबाट छनौट भई आएका प्रतियोगि विच प्रतिस्पर्धा गराई छनौट हुने दुई प्रतियोगि नेपाल रेडक्रस सोसाइटी प्यूटान जिल्ला शाखाले आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय निबन्ध प्रतियोगितामा सहभागि हुन पाउने छन्। 


सो प्रतियोगिता सैनामैना नगरपालिका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले समाजका विपत देखि नेतृत्व विकास सम्म रेडक्रस पुगेको छ भन्नु भयोे ।


 नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पंगेनीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा न्यू एकेडेमी ई० वो० स्कुलका प्रिन्सिपल टोपलाल भट्टराई, उपशाखाका निर्वतमान सभापति दिनेश पौडेल, यदुनाथ पन्त लगायतको आतिथ्यता रहेको कार्यक्रम उपशाखा सभापति मिना भण्डारीको सभापतित्व,कार्यक्रम संयोजक सिता गौतम को स्वागत तथा उपशाखा सचिव थानिथ्वर न्यौपानेको संचालन रहेको थियो ।

No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...