सैनामैनामा दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने भएको छ।
सैनामैना, फागुन-११
यहि फागुन २० गते देखि २४ गतेसम्म सैनामैना नगरपालिकाका ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने अभियान सुरु गरिने भएको छ । सैनामैना नगरपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा शुक्रबार दादुरा रुबेला खाेप अभियान सम्बन्धि अभिमुखीकरण कार्यक्रम आयाेजना गरेकाे हो ।
खाेप सबैकाे पहुचमा सहज र सुलभ तरिकाले पुर्याउने काममा सबैले सहयाेग गरि याे अभियानलाई सफल बनाउन सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले आग्रह गर्नु भयाे ।
सैनामैनाका हरेक नागरिक स्वास्थ्य सेवाबाट बन्चित नहुन भन्ने उद्देश्यले स्वास्थ सम्बन्धि विभिन्न कार्यक्रमहरु संचालन हुँदै आएकाे र नेपाल सरकारले तय गरेका हरेक स्वास्थ्य सम्बन्धि कार्यक्रम पनि लागू गर्दै आएकाे समेत प्रमुख शर्माले बताउनु भयाे ।
खोप अभियानकाे बारेमा सैनामैनाका स्वास्थ्य शाखा प्रमुख वसन्त कुमार श्रेष्ठले सहजिकरण गर्नुभएको थियाे ।
अभियानकाे बारेमा सराेकारवाला सबैसंग छलफल, गाेष्ठी तथा व्यापक प्रचारप्रसार गर्ने र लक्षित वर्गका बालबालिकालाई खाेप पहुँचमा पुर्याउने र छुट भएको बालबालिकालाई नियमित खोप पनि लगाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयाेजना गरिएको समेत श्रेष्ठकाे भनाई थियाे ।
खाेपबाट बचाउन सकिने राेग नियन्त्रण गरि अपाङ्गता र मृत्युुदर कम गर्नका लागि नै यस प्रकारका कार्यक्रमहरु नेपाल सरकारले संचालन गर्दै आएकाे समेत प्रमुख श्रेष्ठले जानकारी गराउनुभयो भएको। अभियानमा सबै पक्ष सहभागी भएर कही कतै काेही पनि नछुट्ने गरी खाेप लगाउएर सहयाेग गर्न आग्रह गर्नु भयाे ।
फागुन २० गतेबाट बिद्यालयहरु बाट खाेप दिने याेजना रहेकाे सुरु हुने सैनामैनाका स्वास्थ्य शाखाका हेमराज पन्थीले जानकारी गराउनु भयाे । २० गते देखी २३ गतेसम्म शैक्षिक संस्थाहरुमा खाेप दिईने र २४ गते छुटेका सबैलाई खाेप केन्द्रबाट खाेप दिईने समेत पन्थीले जानकारी दिनु भयाे ।



No comments:
Post a Comment