Saturday, 24 February 2024

सैनामैना पर्राेहा परमेश्वर न . मा.वि.मा पुरस्कार वितरण तथा सम्मान


सैनामैना,फागुन १२ गते

सैनामैना नगरपालिका वडा नंः१, रानीवगियामा अवस्थित सैनामैना पर्राेहा परमेश्वर नमुना माध्यमिक विद्यालयले पुरस्कार वितरण तथा सम्मान गरेको छ । 


विद्यालय स्थापनाको ५० औं बर्ष पुगेको अवसरमा स्वर्ण जयन्ती मुल समारोह कार्यक्रम अन्तरगत शनिबार विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण, सहयोगदाता, अक्षयकोष दाता, छात्रवृत्ति वितरण, उत्कृष्ट शिक्षकलाई सम्मान तथा पुरस्कार वितरण गरिएको विद्यालयका प्रधानाध्यापक नेत्र पुरीले बताउनु भयो ।

यसै क्रममा स्वर्ण जयन्ती महोत्सवमा विद्यालयद्वारा आयोजित अतिरिक्त क्रियाकलाप तथा खेलसप्ताह, सरसफाइ र अनुशासनमा उत्कृष्ट हुुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा विद्यालयका समितिका अध्यक्ष शिवलाल बस्यालको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्य तथा बातावरण मन्त्री एवं प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।


प्रमुख अतिथि प्रदेश सदस्य श्रेष्ठले सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा दिदैँ  हासिल गरेको उपलब्धी प्रशांस  योग्य रहेको बताउनुभयो । 

बादलिदो समयमा बिद्यार्थी र अभिभावक समाज र राष्ट्रको अपेक्षा अनुसारको शैक्षिक नीति तयार पार्दै प्रविधि मैत्री शिक्षण प्रक्रियालाई अघि बढाउदै जानुपर्ने बताउनुभयो । 

राज्यले शिक्षा क्षेत्रमा लगानी बढाएर समग्र शिक्षा क्षेत्रमा गुणस्तर वृद्धि गरि शिक्षालाई व्यवसायीक, आधुनिकीकरण र प्रविधिकरण बनाउनेतर्फ जोड दिनुभयो ।

विद्यालयका अध्यक्ष शिवलाल बस्यालले विधालयले उत्कृष्ट शैक्षिक नतिजा दिदै अब्बल र नमुना विधालयको रुपमा पहिचान बनाउन विधार्थि, शिक्षक तथा कर्मचारी धन्यवाद दिनुभयो ।यहि १४ गते विद्यालयले स्वर्ण महोत्सवको समापन समारोह भव्यताका साथ मनाउदै छ ।

No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...