Friday, 23 February 2024

प्रसुतिग्रहबाट चोरिएको शिशु प्रहरीले फेला पारेको छ ।

 काठमाडौं फागुन -१२ : थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको २६ दिनको शिशु आठ घण्टापछि काँडाघारीमा फेला परेको छ।


जिल्ला प्रहरी परिसर काठमाडौंले शिशुलाई शुक्रबार बेलुकी काँडाघारीमा फेला पारेको जानकारी दियो। बच्चा लग्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। तर उनको नाम सार्वजनिक गरेको छैन।

शुक्रबार दिउँसो ती महिलाले एक छिन खेलाउने बहानामा शिशुलाई लिएर हिँडेकी थिइन्। उनले शुरुमा बच्चा आफ्नै रहेको दाबी गरे पनि पछि चोरी गरेको स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ। 

 

      







    No comments:

    Post a Comment

    पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

      सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...