Wednesday, 28 February 2024

सगरमाथा आरोही एवम् पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला हुनुभएको छ ।

 काठमाण्डौ – सगरमाथा आरोही एवम् पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला हुनुभएको छ । 


नासामा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेसँगै उहाँ आज अध्ययनका लागि अमेरिकाको वासिङ्टन डिसीमा रहेको नासा जानु भएको छ ।

यसअघि पनि रोजिताले अमेरिकाको मेरिल्याण्डको बाल्टीमोरमा रहेको  स्पेस टेलिस्कोप साइन्स इन्स्टिच्युटमा छात्रवृत्तिमा अध्ययन गरिसक्नुभएको छ । विश्वभरबाट पाँच सय आवेदकमध्ये १४ जनामा छनौट भएसँगै उहाँलाई स्पेस टेलिस्कोप साइन्स इन्स्टिच्युटमा अध्ययन गर्ने अवसर मिलेको थियो ।

नासामा अध्ययन गर्ने पहिलो नेपाली महिला वैज्ञानिक बनेसँगै रोजितालाई मोतीदेवी स्मृति केन्द्रले साहसिक महिला, सगरमाथा आरोही तथा युवा वैज्ञानिकको रुपमा सम्मान गरेको छ । उहाँले अन्तरिक्षयात्री बन्ने लक्ष्यसहित नासामा अध्ययन गर्ने बताउनुभएको छ । 

No comments:

Post a Comment

पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...