सैनामैना,२०८० फागुन १७
सैनामैना नगरपालिका वडा नं. ७ मा अन्तर टाेल स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । युवा हरुको सर्वागिर्ण विकासमा कोसे ढुंगा सावित हुने गरी स्थानिय स्तरमा खेल कुद प्रतियोगिता संचालन गरेको छ ।
सैनामैना-७ का वडा अध्यक्ष राजकुमार चौधरीको अध्यक्षता सैनामैनाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा अन्तर टाेल स्तरीय खेलकुद प्रतियोगिताको समुदघाटन गरिएको छ ।
"राष्ट्रका लागि खेलकुद, स्वास्थका लागि खेलकुद "भन्ने नाराका साथ युवा तथा खेलकुद कार्यक्रम अन्तर्गत आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले रिबन काटेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । वहाँका अनुसार खेलले युवामैत्री भावनाको विकास गराउँदै, समाजमा बढ्दो रुपमा युवा युवतीहरु कुलतमा पस्ने गरेको छन् । उक्त कुलत बाट बचाउने, अनुसाशनमा बस्न सिकाउने र खेल क्षमता विकास हुने हुदा खेल खेल्न जरुरी रहेको बताउनु भयो ।
वडा नम्बर ७ का अन्तर टाेलसंग एकअर्काबीच परिचित र समन्वय बढाउने साथै वडा स्तरबाटै खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको अध्यक्ष राजकुमार चौधरीले बताउनुभयो । युवाहरुको शारीरिक क्षमता र मासिक क्षमतको विकास गराउन नियमित खेलकुदको आवश्यकता रहेको बताउनुभयो ।
सो अवसरमा सैनामैना ७ का निवर्तमान वडा अध्यक्ष डिलाराम बेल्बासे, सरस्वती माध्यमिक विधालयका अध्यक्ष रोमनाथ न्यौपाने सरस्वती मावि का प्रधानाध्यापक रामप्रसाद पौडेल लगायतले शुभकामना दिनुभयो ।
उक्त कार्यक्रम वडा सदस्य झुमा काउछा मगरकाे स्वागत तथा वडा सचिव राजन पन्थीको संचालनमा कार्यक्रम सप्पन्न भएको थियो ।


No comments:
Post a Comment