सियारी, जेष्ठ १७, २०८२
सियारी वचत तथा ऋण सहकारी संस्था लिमिटेड, सियारी -६ले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत संचालक समिति, आन्तरिक लेखा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरुलाई दुई दिने सहकारी नीति तथा वार्षिक योजना तथा बजेट निर्माण तालिम आज सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष विक्रम भुज गुप्ताको अध्यक्षता जिल्ला सहकारी संघका महासचिव दामोदर पंगेनीको प्रमुख
आतिथ्यतामा भएको कार्यक्रम हिजो र आज गरि सम्पन्न भएको छ । सो प्रशिक्षणमा सहकारी अभियन्ता दामोदर पंगेनी तथा लोकनाथ अधिकारीले सहजिकरण गर्नुभएको थियो । तालिममा समिति उपसमिति गरी २५ जनाको सहभागीता रहेको थियो । सो कार्यक्रमको संचालन सचिव राजेन्द्र चौधरीले गर्नु भएको थियो भने स्वागत व्यवस्थापक रिता चौधरीले गर्नु भएको थियो ।



.jpg)













