Wednesday, 27 December 2023

नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा पर्रोहाद्वारा बृहत् रक्तदान सम्पन्न ।

 सैनामैना, पौष-१२ ,

 नेपाल रेडक्रस साेसाईटि सैनामैना उपशाखा ( पर्राेहा) काे आयाेजना र प्रभात ईङ्गलिश बाेर्डिङ्ग स्कुलकाे आतिथ्यतामा  उपशाखाको अधिवेशनको पूर्वसन्ध्या पारेर बृहत् रक्तदान कार्यक्रम  प्रभात स्कुलकाे सभाहलमा सम्पन्न गरेकाे छ । 


सो कार्यक्रम संस्थाका सभापति दिनेश पाैडेलकाे अध्यक्षता तथा सैनामैना नगरका नगर प्रमुख फणेन्द्रप्रसाद शर्माकाे प्रमुख आतिथ्यता, प्रभात स्कुलका प्राचार्य अनन्तराम शर्माकाे विशिष्ट आतिथ्यता , रेडक्रस सैनामैनाका निवर्तमान सभापति लाेकनाथ अधिकारी , अतिथि रेडक्रस सैनामैना सल्लाहकार जगन्नाथ गाैतम लगायत विशेष उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम कार्यक्रम कि संयाेजक तथा उपशाखाकी उपसभापति  मिना भण्डारी काे स्वागत तथा उपशाखाका सहसचिव रामचन्द्र ढकालकाे सञ्चालनमा भएकाे थियो ।उक्त कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले जहाँ दुख्छ त्यहाँ पुग्छ काे नारा र सेवा नै धर्मलाई आत्मसाथ गर्दै रेडक्रसले ' 


मानविय गतिविधिहरु गरिरहेकाे , अहिलेकाे दिनेशजि नेतृत्वको कार्यसमिति जिल्लामै सम्भवत उत्कृष्ट कार्य गरिरहेकाे , रक्तदान एउटा महान दान भएकाे साथै ३ महिनामा नष्ट हुने रगतलाई अरु व्यक्तिलाई दान गर्नु अत्यन्तै ठुलाे पुण्यकाे काम भएकाे बताएका छन् ।


Tuesday, 26 December 2023

सुनगाभा पब्लिक स्कूलको २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न ।

 सुनगाभा पब्लिक स्कूलको २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न ।

सैनामैना,पौष-१० 

राष्ट्रिय स्तरमा नै प्रतिष्ठित शैक्षिक प्रतिष्ठान मध्ये पहिचान बनाएको रुपन्देहीको सैनामैना -३, अवस्थित सुनगाभा पब्लिक स्कुलले आज आफ्नो २७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । लुम्बिनी प्रदेश सरकारका गृह मन्त्री सन्तोष कुमार पाण्डेको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशलाई एउटा शिक्षित प्रदेश निर्माण गर्न लागेको छ । प्राविधिक शिक्षालाई  जग बनाउदै प्रदेश सरकार अगाडी बढेको छ। 


भने राजनीति तर्फ जोड्दै उनले भने हरेक नागरिकको शेयर जनप्रतिनिधि र सरकारका मन्त्रीमा रहेकोले नागरिक प्रति सरकारका संचालक बफादार रहनु पर्ने बताएका छन् । लुम्बिनी प्रदेशले शिक्षा क्षेत्रमा देखिने गरी कार्यक्रम ल्याउँने छ शिक्षाको क्षेत्रमा लुम्बिनी प्रदेशलाई उत्कृष्ट प्रदेश बनाउने कुरामा जोड दिएका छन् ।


 सो कार्यक्रममा एन प्याब्सन केन्द्रीय सल्लाहकार राजु गुरुङ्ग, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश समितिका सभापति कृष्ण पंगेनी, पूर्व अध्यक्ष नरहरी अर्याल, प्रेम प्रसाद सापकोटा, सैनामैना नगरपालिका वडा नं. ४ का अध्यक्ष  राम प्रसाद अधिकारी वडा नं .  ३ का तम बहादुर पुर्जा, सहिद नारायण पोख्रेल रामापुर क्याम्पस प्रमुख हेम व . थापा, पूर्व शेयर सदस्य तथा बौद्धिक व्यक्तित्व यज्ञलाल सुवेदी, लगायतले आफ्नो धारणा राखेका थिए । भने विद्यालयका प्राचार्य तिलव केसी द्वारा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।


सो अवसरमा विद्यालयमा लामो समय सेवा गर्ने शिक्षक तथा कर्मचारीलाई दीर्घ सेवा सम्मान प्रदान गरिनुका साथै सैनामैना नगरपालिका भित्रका ८० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई विशेष सम्मान तथा पुरस्कार वितरण गरिनुका साथै वार्षिक उत्सवको पूर्वसन्ध्या आयोजित खेलकुद सप्ताहका पुरस्कार वितरण गरिएको भियो ।


२७ औं वार्षिकोत्सवकै अवसरमा विद्यालयमा फुड फेस्टिवल तथा विद्यार्थीद्वारा निर्माण गरिएका विज्ञान प्रविधि तथा आई टी सामाग्रीहरुको पर्दशनी साथै स्थानिय संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । 



सो कार्यक्रम विद्यालयका अध्यक्ष डिल्ली राज गौतमको अध्यक्षता, पूर्व अध्यक्ष लक्ष्मी जोशीको स्वागत साथै विद्यालयका सहायक प्रधानाध्यापक कमल चन्द्र पौडेलले संचालन गरेका थिए ।





Monday, 25 December 2023

सुनगाभा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियाेगितामा एभरेष्ट स्कुल प्रथम

 पौष-९,सैनामैना

रुपन्देहीको सैनामैनामा रहेकाे सुनगाभा पब्लिक स्कुलले आफ्नो २७ आै बार्षिकाेत्सव तथा अभिभावक दिवसकाे अवसरमा आयाेजना गरेकाे जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा एभरेष्ट इङलिस स्कुल प्रथम भएको छ । जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा ४२ विधालयलाई पछि पार्दै एभरेष्ट इङलिस स्कुल जित हासिल गरेकाे हाे । प्रतियोगितामा देवदह बुद्ध पब्लिक स्कुल द्वितीय र ग्रिन प्लान्ट बोर्डिङ सेकेन्डरी स्कुल तृतीय र सगरमाथामा सेकेन्डरी बोर्डिङ स्कुल सान्त्वना भएका छन् ।



प्रतियोगितामा जिल्ला भरीबाट ४२ बिधालयले सहभागीता जनाएकाे प्रतियोगिताका संयाेजक मनिष गाैतमले जानकारी दिएका छन् ।  ४२ बिधालयबाट सेलेक्सन भएर आएका ६ वटा बिधालय प्रतियोगितामा सहभागी भएका थिए । 



कार्यक्रमका प्रमुख अतिथि  शिक्षा बिकास तथा समन्वय इकाई रुपन्देही प्रमुख  माधव बन्जाडेले हरेक ब्यक्तिकाे बिधार्थी जीवन महत्वपुर्ण समय भएकोले हरेक बिधार्थीले सुखद भविष्यकाे लागि बिधार्थी जिवनमा नै पुर्ण मेहेन्त गर्नु पर्ने  बताएका छन् । 



बिधालयकाे २७ आै बार्षिकाेत्सव तथा अभिभावक दिवसकाे अवसरमा जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता आयाेजना गरेकाे बिधालयका प्रधानाध्यापक तिलब के.सीले बताएका छन् उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली राज गौतमको अध्यक्षता तथा सह प्राध्यापक कमलचन्द्र पौडेलले संचालन गरेका थिए।



Wednesday, 20 December 2023

सुनगाभा पब्लिक स्कूलको २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको पूर्व तयारी अर्न्तगत सैनामैना नगरपालिका मुख्य बजार क्षेत्र सरसफाई कार्यक्रम सम्पन्न ।

 सैनामैना , पौष-४

लुम्बिनी प्रदेशको उत्कृष्ठ शैक्षिक प्रतिष्ठान मध्येको एक शैक्षिक प्रतिष्ठानका रुपम परिचित सैनामैना नगरपालिका वडा नंः ३ स्थित सुनगाभा पब्लिक स्कूलले यहि पौष १० गते २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउने  पूर्व सन्ध्यामा  आज पौष ४ गते सैनामैना नगरपालिका मुख्य बजार क्षेत्र सरसफाई कार्यक्रम सञ्चालन गर्दै खेल सप्ताह आयोजना गरेको छ ।    


विद्यालयका सह प्रार्चाय केदार कार्कीको संयोजकत्वमा भएको सरसफाई कार्यक्रमको प्रमुख अतिथिमा विद्यालयका प्राचार्य तिलब केसीले विद्यालय समुदायको एउटा अभिन्न अङ्ग भएकाले समुन्नत तथा स्वच्छ समुदाय निर्माण गर्न विद्यालयबाट अभियान सञ्चालन गर्नुपर्ने भएकाले वार्षिक उत्सवको पूर्व सन्ध्यामा समुदाय सरसफाइ कार्यक्रम राखिएको र यस कार्यक्रममा कक्षा११ र १२ का विद्यार्थी साथै विद्यालयका शिक्षक शिक्षिकाको  सहकार्यमा सन्देश मूलक सरसफाई गरिएको जानकारी गराए ।


 विद्यालयले यसै अवसरमा दौड प्रतियोगिता, भलिवल, म्याथम्याटिकल दौड, मिठाइ दौड प्रतियोगिता तथा तातो आलु प्रतियोगिता आजै सम्पन्न गरेको छ । भने पौष ५ गते विद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगिता रहेको छ भने पौष पाँच गते नै भलिवल,टेबल टेनिस रहेको छ ।


पौष ६ गते सटपुट, लङ्ग जप, हाई जप, कुर्ची जम र १०० देखि८०० मिटर दौड प्रतियोगिता रहेका छन् भने पौष८ र ९  गते क्रिकेट , फुटवल प्रतियोगिता साथै जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हाजिरी जवाफ प्रतियोगिताका संयोजक मनिस गौतमले जानकारी दिए ।


 २०८० पौष१० गते मूल समारोह साथै निशुल्क बृहत स्वास्थ्य परीक्षण, फुड फेस्टिबल, विज्ञान प्रविधि प्रर्दशनी , जेष्ठ नागरिक सम्मान तथा पुरस्कार वितरण समारोह साथै सांस्कृतिक कार्यक्रम रहेको विद्यालयका सह प्रार्चाय कमलचन्द्र पौडेलले जानकारी गराएका छन् ।


पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...