Sunday, 31 March 2024

पेट्रोल प्रतिलिटर रु ४ ले बढयो ।

 

काठमाडौँ : नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको छ।

इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेकाले यसो गर्नुपरेको निगमले उल्लेख गरेको छ।

भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर ४.७६ रुपैयाँ बढेको निगमले उल्लेख गरेको छ। डिजेल‚ मट्टितेल र ग्याँसको मूल्य भने यथावत् रहेको बताइएको छ।



Saturday, 30 March 2024

चौतारी वचत तथा ऋण सहकारी संस्था लि सैनामैना, रुपन्देहीले आज वित्तिय साक्षरता कार्यक्रम समन्न गरेको छ ।

 

सैनामैना, चैत्र -१७ ,
सैनामैना नगरपालिका वडा नं. ४ मा अवस्थित समुदाय स्तरमा संचालित उत्कृष्ट सहकारीको छबि बनाएको चौतारी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२ औँ स्थापना दिवस तथा ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज अन्तिम कार्यक्रम आफ्ना नयाँ प्रवेशि शेयर सदस्यहरुलाई सहकारी शिक्षा तथा एक दिने वित्तिय साक्षरता कार्यक्रम सैनामैना २, स्थित ग्लोबल पार्टी प्यालेसको सभा हलमा सम्पन्न गरेको छ । 


संस्थाका ८० जना शेयर सदस्य सहभागि रहेको साक्षरता कार्यक्रममा जिल्ला सहकारी संघका महासचिव सहकारी अभियन्ता दामोर पंगेनी तथा संस्थका अध्यक्ष लोकनाथ अधिकारीले सहजीकरण गर्नु भएको थियो ।



सो कार्यक्रममा प्रमुख अतिथि सैनामैना नगरपालिका सहकारी विभाग प्रमुख रामकुमार भट्टराइले सहकारी संचालक, कर्मचारी र शेयर सदस्यहरुको आपसी सहकार्यवाट चलाउनु पर्ने कुरालाई औलाउनु भयो । 

सहकारीमा सदस्यका मनोभाव र प्रतिनिधित्वलाई आत्मासाथ गरी हरेक काम विधि, पद्धति र नीति अनुरूप गर्ने सहकारी स्थायी हुने र यस्ता सहकारीमा संकट सिर्जना नहुने भन्दै आफ्नो उक्त कुरा चौतारी सहकारी रहेको पाएको औलाउनु भयो ।


 सो कार्यक्रममा पूर्व अध्यक्ष टेक बहादुर रेश्मी, संस्थापक अध्यक्ष रुद्र प्र . गौतम, जिल्ला सहकारी संघका महासचिव दामोदर पंगेनी, सास्वती मावि का प्रधानाध्यापक  रामप्रसाद पौडेल, शिक्षा समिति सदस्य राम कृपाल चौधरीले आ आफ्नो धारणा राख्नु भएको थियो ।


वित्तिय साक्षरता कार्यक्रम संस्थाका अध्यक्ष लोकनाथ अधिकारीको   अध्यक्षता, कार्यक्रम संयोजक तथा संस्थाका सचिव चिन्तामणी भुसालको स्वागत साथै शिक्षा उपसमिति सदस्य कमलचन्द्र पौडेलको संचालनमा सम्पन्न भएको संस्थाकी व्यवस्थापक सुमना अर्यालले सैनामैना न्यूजलाई जानकारी दिनुभएको छ ।

Friday, 29 March 2024

पृथ्वी राजमार्गको सिमलधारा नजिकबाट ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँचजनाको ज्यान गएको छ ।

 चितवन, २०८० चैत्र १७ '

चितवनको इच्छाकामना गाउँपालिका–५ पृथ्वी राजमार्गको सिमलधारा नजिकबाट ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँचजनाको ज्यान गएको छ । ट्राफिक प्रहरीका अनुसार मुग्लिन बजारबाट एक किलोमिटर नजिकै पर्ने सडकबाट ट्याक्सी  त्रिशूली नदीमा खसेको र ट्याक्सीमा रहेका ५ जनाको शव फेला परेको छ ।


आज बिहान सवा ७ बजेतिर  बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा दुईं पुरुष, दुईं महिला र एक बालिकाको शव फेला परेको तर पहिचान खुल्न नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।  ट्याक्सी काठमाण्डौबाट गोरखा जाँदै गरेको खुलेको छ ।

थप विवरण आउनेक्रममा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिनुभयो ।

Tuesday, 26 March 2024

चौतारी वचत तथा ऋण सहकारी संस्था लि ., सैनामैनाले रक्तदान गरी १२ औं स्थापना दिवस मनायो ।

 सैनामैना, २०८० चैत्र १३ गते

सैनामैना नगरपालिका अवस्थित समुदाय स्तरमा उत्कृष्ट सहकारी चौतारी वचत तथा ऋण सहकारी संस्थाले आफ्नो१२ औँ स्थापना दिवस तथा ६७ औँ राष्ट्रिय सहकारी दिवस मनाउने क्रममा साप्तहव्यापी कार्यक्रम अन्तर्गत आज ५५ यूनिट रक्ततत्व संकलन गरेको छ। 


सो कार्यक्रम चौतारी सहकारी संस्थाका अध्यक्ष लोकनाथ अधिकारीको अध्यक्षता तथा सैनामैना नगरपालिका नगरप्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख शर्माले चौतारी साकोस सैनामैना नगरपालिका कै एउटा अबल सहकारी रहेको बताउनु भयो ।


 स्थापनाको १२ वसन्त पार गर्दा सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, नागरिक चेतना हरेक अभियानमा अगाडी रहेको बताउनु भयो । आज नागरिकमा सहकारी प्रति संका छ त्यो संका मेटाउन पनि सहकारी अभियन्ताहरु लाग्नु पर्ने र हरेक सहकारीलाई नीति र विधिले संचालन गरे सहकारीमा समस्या सिर्जना नहुने बताउनु भयो ।



सो कार्यक्रममा सहकारीका सल्लाहकार तथा समाजसेवी रण बहादुर खनाल, पूर्व अध्यक्ष टेक बहादुर रेश्मी, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण पंगेनी, इनर हुइल कल्ब सैनामैना की अध्यक्ष अनिता न्यौपाने शर्मा , प्रयास साकोसका कोषाध्यक्ष मोहन शर्मा, उपहार महिला सहकारीकी अध्यक्ष शारदा चालिसे नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखा पर्रोहा की अध्यक्ष मिना भण्डारी    लगायतको आतिथ्यता रहेको थियो ।

सो कार्यक्रम संस्थाका उपाध्यक्ष जगन्नाथ गौतमको संयोजकत्व र स्वागत तथा संस्थाका सचिव चिन्तामणी भुसालको संचालनमा सम्पन्न भएको संस्थाकी व्यवस्थापक सुमना  अर्यालले सैनामैना न्युजलाई जानकारी दिनुभयो ।

Sunday, 24 March 2024

ललितपुरको ढोलाहिटीमा होली खेल्ने क्रममा दुई समूहबीच भएको विवादले झडपको रुप लिंदा दुई जनाको ज्यान गएको छ ।


 चैत्र १२, २०८०

काठमाडौं – ललितपुरको ढोलाहिटीमा होली खेल्ने क्रममा हिजो दुई समूहबीच भएको विवादले झडपको रुप लिंदा दुई जनाको ज्यान गएको छ । हिजो दिउँसोको विवादलाई लिएर राति झगडा हुँदा दुई जनाको ज्यान गएको ललितपुर प्रहरीले जनाएको छ ।



ज्यान गुमाउनेमा सुनसरीको धरान घर भई ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर घर भई खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेका जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि मात्र प्रहरीले खबर पाएको थियो । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा १८ जनालाई प्रक्राउ गरेको छ । 

Saturday, 23 March 2024

चौतारी वचत तथा ऋण सहकारी संस्था लि .ले जेष्ट शेयर सदस्य सम्मान गरेको छ ।

 सैनामैना २०८० चैत्र १०,

चौतारी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२ औँ स्थापना दिवस तथा ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जेष्ठ शेयर सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।



मुर्गिया स्थित मुर्गिया खानेपानी सरसफाई उपभोक्ता सस्थाको सभाहलमा चौतारी वचत तथा ऋण सहकारीमा आवद्ध ७० वर्ष देखि  ८६ वर्ष सम्मका ५२ जना शेयर सदस्यलाई  आज एक समारोहमा सम्मान गरिएको थियो । 

सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको सम्मान कार्यक्रममा नगर प्रमुख शर्माले जेष्ट नागरिकको अनुभव र अनुभूतिलाई आत्मासाथ गरी समाज परिर्वतनमा लाग्नु पर्ने, जेष्ट सदस्यहरु नै घर चल्छ त्यसरी नै समाज र देश चलाउने ऊर्जा लिनु पर्छ । चौतारी सहकारी सैनामैनाको एउटा उत्कृष्ट सहकारी हो । यो सहकारी व्यक्ति भन्दा पनि नीति र विधिले संचालन भएको संस्था हो । हरेक सहकारी समाज प्रति उत्तरदायी हुनु पर्छ । त्यसै अनुसार चौतारी सहकारी विगत देखि आज सम्म प्रभावकारी रुपमा संचालन भएको संस्था हो । उक्त कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति तथा संस्थाका सल्लाहकार रणवहादुर खनाल, मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष प्रेम बहादुर बानियाँ, पूर्व अध्यक्ष टेक बहादुर रेश्मी, कार्यक्रम संयोजक सिता कुवर लगाएतले आ आफ्नो धारणा राख्नु भएको थियो ।
सो सम्मान कार्यक्रम संस्थाका अध्यक्ष तथा सहकारी विज्ञ लोकनाथ अधिकारीको अध्यक्षता उपाध्यक्ष तथा सहकारी अभियनता जगन्नाथ गौतमको स्वागत र संस्थाका सचिव चिन्तामणी भुसालको संचालनमा सम्पन्न भएको छ ।
६७ औं राष्ट्रिय सहकारी दिवश तथा चौतारी वचत तथा ऋण सहकारी संस्था लि को१२ औँ स्थापना दिवसको अवसरमा सस्थाले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चैत्र १३ गते खुल्ला रक्तदान कार्यक्रम तथा चैत्र १७ गते वित्तिय साक्षरता कार्यक्रम गर्ने संस्थाकी व्यवस्थापक सुमना अर्यालले सैनामैना न्यूजलाई जानकारी दिनुभएको छ

Friday, 15 March 2024

तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले कर्मचारी, शिक्षक, विद्यार्थी तथा नगरबासीहरुलाई ध्यानयोग र अध्यात्मक कार्यक्रममा सहभागि हुन अनुरोध गर्नुभएको छ ।

बुटवल, २०८० चैत्र २ गते


लुम्बिनी प्रदेशको उत्कृष्ट तिलोत्तमा नगरपालिकाले नगर भित्र रहेका जनप्रतिनिधि, नगरमा कार्यरत कर्मचारी, विद्यालय तथा क्याम्पसका प्रध्यापक - शिक्षक तथा विद्यार्थीहरु तथा नगरबासीलाई आत्मा ज्ञान कार्यक्रममा सहभागिताका लागि आग्रह गर्नुभएको छ ।


 ध्यानयोग र अध्यात्मको माध्यमवाट व्यक्तिभित्र नैसर्गिक रुपमा रहेको स्वास्थ्य, खुसी, आत्मविश्वास, प्रेम, ज्ञान, संकल्प र आनन्दका अद्भुत क्षमताहरु पहिचान र उजागर गरी व्यक्तिलाई सुख, शान्ति र आनन्दमा लैजाने कार्य उद्देश्यले २०८०/१२/१७-२३ गते सम्म  अन्तर्राष्ट्रिय ध्यान केन्द्र, लुम्विनीमा  हुने विराट चक्र साधना कार्यक्रम सहभागि भइदिनु हुन नगर प्रमुख रामकृष्ण खाँणले अनुरोध गर्नु भएको छ । यस्ता कार्यक्रममा नगरवासी सहभागी भई जीवनमा सकरात्मक उर्जा लिई  सुखी र खुसी नगरबासी बनाउन सुरुवात गर्नु भएको छ । वहाँले ईच्छुक व्यक्तिहरु उपस्थितिको लागि सूचनावाट जानकारी गराउनु भएको छ ।


मानव जीवनमा आत्मा ज्ञान र तत्वको ज्ञानबाट स्वास्थ्य र पोजेटिव उर्जाशिल नगरवासी बनाउने महत्वकांक्षा राख्नु भएको छ ।



 

Thursday, 14 March 2024

बर्तमान समयमा सहकारीमा समस्या देखिने कारण यस्ता छन् । ।

  परिचय :

सहकारी एक अर्का बिचको सहकार्यात्मक अवधारणा हो । सहकारीमा समुदायका व्यक्तिहरू संगठित भई सदस्यको हित प्रवर्धन गर्ने कार्य गरिन्छ । प्राविधिक रूपमा यसलाई एउटा व्यावसायिक कौशलको रूपमा पनि लिइन्छ । “एकका लागि सबै र सवैका लागि एक” भन्ने भावना र व्यवहार मार्फत व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक एवं सामाजिक उत्थानको लागि गरिने एकीकृत प्रयास नै सहकारी हो ।

सहकारीले छरिएर रहेको श्रम, सीप, प्रविधि र पुँजीलाई एकत्रित गर्दछ । सहकारी संगठनको त्यो रूप हो जसमा व्यक्तिहरू स्वेच्छाले आफ्ना हितको विषयहरूमा एकसाथ मिलेर कार्य गर्दछन् । खास गरी यो सीमित स्रोत र साधन भएका व्यक्तिहरूको एक सङ्गठन हो जो प्रजातान्त्रिक रूपमा नियन्त्रित हुन्छ र सदस्यहरूले साझा उद्देश्य प्राप्तिको लागि कार्य गर्दछ । समग्रमा समान इच्छा, आकाङ्क्षा र अवस्था भएका व्यक्तिहरूबाट आपसी सहयोग तथा प्रजातान्त्रिक नियन्त्रण विधिद्वारा आर्थिक तथा सामाजिक उत्थानको निमित्त गरिने एकताबद्ध प्रयास नै सहकारी हो । यसरी सहकारी अन्तर निर्भरता हुँदै आत्मनिर्भरता तर्फको यात्रा हो । 

विषय प्रवेशः 

यो माथिका दृष्टान्त सहकारीको रहदा पनि हाल नेपालमा सहकारी संस्था विभिन्न चुनौतीहरु संग सहकारी डुब्ने लहर चल्न थालेको छ । सहकारीका नैतिक मूल्य र मान्यता साथै यसका सिद्धान्तको परिपालना गरिने हो भने सहकारी आफैमा दिगो संस्था हो । तर सहकारीका मूल्य मान्यता र सिद्धान्त भन्दा बाहिर जादा नेपालमा केही सहकारीमा खराव कर्जा विस्तार हुन गई सहकारी नै डुब्ने र समस्यामा पर्न गएका छन् । सहकारीमा स्वनियमन र सुशासितत नहुँदा समस्या थप बल्झिएको हो । सरकारी नियन्त्रण सहकारीमा आवश्यकता देखिन थालेको छ । देश सहकारी खोली  वित्तिय क्षेत्रको विस्तार गर्ने सरकारी कदम हो । तर समानुकुल अनुगमन नियन्त्रण हुन नसक्दा समस्याका चाङ्ग लाग्न पुगेका छन् । प्रभावकारी सहकारी नीति तर्जुमा गरी समग्र सहकारी आन्दोलनलाई मूल मार्गमा ल्याउनु पर्ने आवश्यकता सिर्जना हुन गएको छ। 

वर्तमान सहकारीहरुमा देखिएका समस्या निम्न कारणहरु बाट सिर्जना भएका छन् ।

# अनुत्पादक  क्षेत्रमा लगानी गर्दा :

 नेपालका सहकारीमा जम्मा भएको तरलता आय आर्जनका शीर्षकमा लगानी देखाएता पनि ति लगानी विशेष गरी  घर , जग्गा खरिदमा  अधिक कर्जा प्रवाह हुनु साथै कोभिड १९ पछि आर्थिक मन्दी सिर्जना हुँदा घर जग्गा विक्री वितरण सुस्ताएर गयो जसले गर्दा ठूलो जमातले सहकारी बाट खाएको कर्जा साँवा व्याज भुक्तानी कठिनाई आउँदा सहकारीमा ठूलो समस्या सिर्जना भएको छ ।

# संचालक समितिबाट सिमा मिचेर ऋण लगानी गर्दा :

नेपालमा सहकारी आन्दोलनमा आज प्रश्न चिन्ह खडा भएको छ । संचालक छानिए पछि सहकारीलाई आफ्नो निज व्यवसाय जस्तै गरी संचालकले सिमा  मिचेर, विधि मिचेर आफै ऋण खाने , आफ्ना नाता गोतामा कुनै वित्तिय विश्लेषण नै नगरि कर्जा प्रवाह गर्दा पनि समस्या देखिएको छ । 


# कर्मचारीको अनावश्यक सेवा, सुविधा थोपर्दै जाँदा :

 नेपालका केेेही महत्वपूर्ण सहकारीहरु कर्मचारी प्रशासनको हावी छन् ।   संस्थाको सदस्य सचिवले संचालकलाई नचाउने आफ्नै सेवा सुुुविधा मात्र थोपर्दै जादा सहकारी समस्या पैदा भएको पाइन्छ ।


# वित्तिय विश्लेषण विना लगानी गर्दा :

सहकारीमा कर्जा लगानी गर्दा तालिम प्राप्त कर्मचारीबाट ऋणी सदस्यको वित्तिय विश्लेषण गर्नु जरूरी छ । तर हाम्रा धेरै सहकारीमा  ऋणी सदस्यको अनुहार हेरी लगानी गर्ने पद्धतिले गर्दा खराव कर्जा प्रवाह बढन गई सहकारीमा समस्या सिर्जना भएका छन् ।

# सहकारी भित्र वित्तिय साक्षरताको कमी :

सहकारी बैंक होइन । यसले आफ्ना सदस्यहरुलाई बेला बेलामा सहकारी शिक्षा, वित्तिय साक्षरता तालिम संचालन गर्नु आवश्यक छ । धेरै सहकारीले कागजात मिलाएर सहकारी शिक्षा कोषको रकम पनि नाफा सँग वितरण गरेको देखिन्छ। सहकारी शिक्षा कोष वास्तवमै प्रयोग हिन हुँदा ऋणी सदस्यलाई सहकार्यता , बन्धुत्व र आफ्नोपनको विकास गर्न सकिएन । समय समयमा तालिम, सिप र प्रविधि संग ऋणी, संचालक र कर्मचारीलाई जोडन पनि सहकारी शिक्षा आवश्यकता छ ।


# टुटिपूर्ण घितो मूल्याकंन गर्दा :

वर्तमान धेरै सहकारीमा वैज्ञानिक पद्धतिबाट धितो मूल्यांकन गरिदैन न त प्राविधिक राखेरै मूल्यांकन गरिन्छ । वर्तमान सहकारीहरुमा प्रचलित धितो मूल्यांकनका आधार र स्पष्ट मापदण्ड पनि तयार गर्न नसक्दा संचालक तथा कर्मचारीबाट धितो मूल्यांकन गर्दा तुटिपूर्ण र धितो मार्जिन भन्दा माथि गएर लगानी गरिनु आज मुख्य समस्या बनेको पाइन्छ 


# अध्यक्ष तथा प्रवन्धकको  मनोमानी : सहकारीमा अध्यक्ष तथा व्यवस्थापकले आफ्नै नाममा करोडौं कर्जा लगानी गर्ने, आफन्तको नाममा अधिक कर्जा लगानी गर्ने, नीति र विधि मिच्ने जस्ता कारणले पनि सहकारी समस्या सिर्जना भएको हो 

# कर्जा सूचना केन्द्रको अभाव : 

सहकारी संरचना र ऐ निती अंगिकार गरेमा यो पवित्र संस्था हो । यसकारण पनि यसमा समस्या आउँदैन तर संचालन प्रदतिमा चुक्दा समस्या सिर्जना हुन सक्छ तथापि संचालक तथा कर्मचारीले राम्रो गर्दा गर्दै पनि सहकारी कर्जा सूचना केन्द्रको अभाव हुँद सदस्य सदस्य ऋृणीको अन्य संस्था तथा बैंक हरुमा सम्बन्ध कस्तो छ जानकारी लिन असहज हुन्छ । यसकारण सहकारीमा खराब कर्जा वृद्धि हुँदै जाने गर्दछ ।

# फितलो नियमन :

सहकारी दर्ता निकायले सहकारीहरुलाई मासिक प्रगति पठाउन बाध्य पार्ने, त्रैमासिक प्रगतिको सामुहिक छलफल र परामर्श गर्नु पर्ने, विज्ञको खोजी सहकारी संकट र समस्याहरुको अनुसन्धान गर्ने काम नहुनु नै फितलो नियमन हो । केही दर्ता निकायमा कार्यरत सहकारी शाखा का कर्मचारी पनि सहकारी फाँटमा पहिलो पटक काम गरेको अनुभवको अभाव, कामको चापले गर्दा सहकारीमा अनुगमन, निरीक्षण हुन नपाएकाले पनि सहकारीमा विविध समस्या सिर्जना भएका छन्

अन्त्यमा

सहकारी विश्वव्यापी मापदण्ड र अभ्यासले सहजै  नडुब्ने संस्थाको रुपमा परिभाषित भएता पनि संचालक ,कर्मचारी र सदस्य हरू वीचको प्रभावकारी त्रिकोणात्मक सम्बन्ध कायम हुन नसक्नु नै आजको मूल कमजोरी हो । जब सम्म सदस्यहरूमा सहकारी मेरो हो भन्ने भावनाको विकास गर्न सकिदैन तब सम्म सहकारी सबल बन्न सक्दैन ।

लेखक : लोकनाथ अधिकारी चौतारी वचत तथा ऋण सहकारी संस्था लि . सैनानैनाका अध्यक्ष हुनुहुन्छ ।

Wednesday, 13 March 2024

रुपन्देहीको तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र मुलुक भरमा चौथो भएको छ।

 सैनामैना , २०८० फागुन ३० ,

रुपन्देहीको तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र मुलुक भरमा चौथो भएको छ।



संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहको संस्थागत क्षमता स्व -मूल्यांकन प्रतिवेदनअनुसार तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम मुलुक भरमा चौथो भएको हो ।
हालै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र २०७९ को स्थानीय तहको संस्थागत प्रतिवेदन अनुसार तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र क्षमता स्व -मूल्यांकन मुलुक ।भरमा चौथो भएको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख राम कृष्ण खाँणले जानकारी दिनु भयो।
शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार र सामाजिक समवेशीकरण गरी आठ वटा विधाका छुट्टा छुट्टै सूचक मूल्यांकनमा तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र मुलुकभरका पालिकाहरु मध्ये चौथों स्थानमा पर्न सफल भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै आइरहेको छ । गत आर्थिक वर्षमा स्व -मूल्यांकन प्रतिवेदनमा तिलोत्तमा नगरपालिकाले ९५ दशमलव ७५ प्रतिशत अंक प्राप्त गर्न सफल भएको थियो।
अहिलेको प्राप्त उपलब्धिले तिलोत्तमा नगरपालिकालाई राष्ट्रव्यापी बनाएको आफ्नो पहिचानमा थप टेवा पुर्याएको छ । तिलोत्तमालाई मुलुककै उत्कृष्ट, नमूना नगरपालिका बनाउने अभियानमा निरन्तर क्रियाशील रहेको नगर प्रमुख खाँणले बताउनु भयो।
भौतिक तथा सामाजिक विकासका क्षेत्रमा भैरहेका कामलाई एउटा गन्तव्यमा पुर्याउने र नयाँ काम गर्दै जाने विषयमा सिंगो नगरपालिका लागिरहने नगर प्रमुख राम कृष्ण खाँणले जानकारी दिनु भयो। यस कार्य सहयोग गर्ने उपप्रमुख ,नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्षहरु, जनप्रतिनिधि साथै नगर पालिकाका कर्मचारीहरु, साथै समस्त त्तिलोतमा नगरबासीलाई नगर प्रमुख खाँणले हार्दिक धन्यवाद दिनु भएको छ ।





वर्तमान समयमा सहकारीमा समस्या आउनु यिनै हुन् कारण ।

 परिचय :

सहकारी एक अर्का बिचको सहकार्यात्मक अवधारणा हो । सहकारीमा समुदायका व्यक्तिहरू संगठित भई सदस्यको हित प्रवर्धन गर्ने कार्य गरिन्छ । प्राविधिक रूपमा यसलाई एउटा व्यावसायिक कौशलको रूपमा पनि लिइन्छ । “एकका लागि सबै र सवैका लागि एक” भन्ने भावना र व्यवहार मार्फत व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक एवं सामाजिक उत्थानको लागि गरिने एकीकृत प्रयास नै सहकारी हो ।

सहकारीले छरिएर रहेको श्रम, सीप, प्रविधि र पुँजीलाई एकत्रित गर्दछ । सहकारी संगठनको त्यो रूप हो जसमा व्यक्तिहरू स्वेच्छाले आफ्ना हितको विषयहरूमा एकसाथ मिलेर कार्य गर्दछन् । खास गरी यो सीमित स्रोत र साधन भएका व्यक्तिहरूको एक सङ्गठन हो जो प्रजातान्त्रिक रूपमा नियन्त्रित हुन्छ र सदस्यहरूले साझा उद्देश्य प्राप्तिको लागि कार्य गर्दछ । समग्रमा समान इच्छा, आकाङ्क्षा र अवस्था भएका व्यक्तिहरूबाट आपसी सहयोग तथा प्रजातान्त्रिक नियन्त्रण विधिद्वारा आर्थिक तथा सामाजिक उत्थानको निमित्त गरिने एकताबद्ध प्रयास नै सहकारी हो । यसरी सहकारी अन्तर निर्भरता हुँदै आत्मनिर्भरता तर्फको यात्रा हो । 

विषय प्रवेशः 

यो माथिका दृष्टान्त सहकारीको रहदा पनि हाल नेपालमा सहकारी संस्था विभिन्न चुनौतीहरु संग सहकारी डुब्ने लहर चल्न थालेको छ । सहकारीका नैतिक मूल्य र मान्यता साथै यसका सिद्धान्तको परिपालना गरिने हो भने सहकारी आफैमा दिगो संस्था हो । तर सहकारीका मूल्य मान्यता र सिद्धान्त भन्दा बाहिर जादा नेपालमा केही सहकारीमा खराव कर्जा विस्तार हुन गई सहकारी नै डुब्ने र समस्यामा पर्न गएका छन् । सहकारीमा स्वनियमन र सुशासितत नहुँदा समस्या थप बल्झिएको हो । सरकारी नियन्त्रण सहकारीमा आवश्यकता देखिन थालेको छ । देश सहकारी खोली  वित्तिय क्षेत्रको विस्तार गर्ने सरकारी कदम हो । तर समानुकुल अनुगमन नियन्त्रण हुन नसक्दा समस्याका चाङ्ग लाग्न पुगेका छन् । प्रभावकारी सहकारी नीति तर्जुमा गरी समग्र सहकारी आन्दोलनलाई मूल मार्गमा ल्याउनु पर्ने आवश्यकता सिर्जना हुन गएको छ। 

वर्तमान सहकारीहरुमा देखिएका समस्या निम्न कारणहरु बाट सिर्जना भएका छन् ।

# अनुत्पादक  क्षेत्रमा लगानी गर्दा :

 नेपालका सहकारीमा जम्मा भएको तरलता आय आर्जनका शीर्षकमा लगानी देखाएता पनि ति लगानी विशेष गरी  घर , जग्गा खरिदमा  अधिक कर्जा प्रवाह हुनु साथै कोभिड १९ पछि आर्थिक मन्दी सिर्जना हुँदा घर जग्गा विक्री वितरण सुस्ताएर गयो जसले गर्दा ठूलो जमातले सहकारी बाट खाएको कर्जा साँवा व्याज भुक्तानी कठिनाई आउँदा सहकारीमा ठूलो समस्या सिर्जना भएको छ ।

# संचालक समितिबाट सिमा मिचेर ऋण लगानी गर्दा :

नेपालमा सहकारी आन्दोलनमा आज प्रश्न चिन्ह खडा भएको छ । संचालक छानिए पछि सहकारीलाई आफ्नो निज व्यवसाय जस्तै गरी संचालकले सिमा  मिचेर, विधि मिचेर आफै ऋण खाने , आफ्ना नाता गोतामा कुनै वित्तिय विश्लेषण नै नगरि कर्जा प्रवाह गर्दा पनि समस्या देखिएको छ । 


# कर्मचारीको अनावश्यक सेवा, सुविधा थोपर्दै जाँदा :

 नेपालका केेेही महत्वपूर्ण सहकारीहरु कर्मचारी प्रशासनको हावी छन् ।   संस्थाको सदस्य सचिवले संचालकलाई नचाउने आफ्नै सेवा सुुुविधा मात्र थोपर्दै जादा सहकारी समस्या पैदा भएको पाइन्छ ।


# वित्तिय विश्लेषण विना लगानी गर्दा :

सहकारीमा कर्जा लगानी गर्दा तालिम प्राप्त कर्मचारीबाट ऋणी सदस्यको वित्तिय विश्लेषण गर्नु जरूरी छ । तर हाम्रा धेरै सहकारीमा  ऋणी सदस्यको अनुहार हेरी लगानी गर्ने पद्धतिले गर्दा खराव कर्जा प्रवाह बढन गई सहकारीमा समस्या सिर्जना भएका छन् ।

# सहकारी भित्र वित्तिय साक्षरताको कमी :

सहकारी बैंक होइन । यसले आफ्ना सदस्यहरुलाई बेला बेलामा सहकारी शिक्षा, वित्तिय साक्षरता तालिम संचालन गर्नु आवश्यक छ । धेरै सहकारीले कागजात मिलाएर सहकारी शिक्षा कोषको रकम पनि नाफा सँग वितरण गरेको देखिन्छ। सहकारी शिक्षा कोष वास्तवमै प्रयोग हिन हुँदा ऋणी सदस्यलाई सहकार्यता , बन्धुत्व र आफ्नोपनको विकास गर्न सकिएन । समय समयमा तालिम, सिप र प्रविधि संग ऋणी, संचालक र कर्मचारीलाई जोडन पनि सहकारी शिक्षा आवश्यकता छ ।


# टुटिपूर्ण घितो मूल्याकंन गर्दा :

वर्तमान धेरै सहकारीमा वैज्ञानिक पद्धतिबाट धितो मूल्यांकन गरिदैन न त प्राविधिक राखेरै मूल्यांकन गरिन्छ । वर्तमान सहकारीहरुमा प्रचलित धितो मूल्यांकनका आधार र स्पष्ट मापदण्ड पनि तयार गर्न नसक्दा संचालक तथा कर्मचारीबाट धितो मूल्यांकन गर्दा तुटिपूर्ण र धितो मार्जिन भन्दा माथि गएर लगानी गरिनु आज मुख्य समस्या बनेको पाइन्छ 


# अध्यक्ष तथा प्रवन्धकको  मनोमानी : सहकारीमा अध्यक्ष तथा व्यवस्थापकले आफ्नै नाममा करोडौं कर्जा लगानी गर्ने, आफन्तको नाममा अधिक कर्जा लगानी गर्ने, नीति र विधि मिच्ने जस्ता कारणले पनि सहकारी समस्या सिर्जना भएको हो 

# कर्जा सूचना केन्द्रको अभाव : 

सहकारी संरचना र ऐ निती अंगिकार गरेमा यो पवित्र संस्था हो । यसकारण पनि यसमा समस्या आउँदैन तर संचालन प्रदतिमा चुक्दा समस्या सिर्जना हुन सक्छ तथापि संचालक तथा कर्मचारीले राम्रो गर्दा गर्दै पनि सहकारी कर्जा सूचना केन्द्रको अभाव हुँद सदस्य सदस्य ऋृणीको अन्य संस्था तथा बैंक हरुमा सम्बन्ध कस्तो छ जानकारी लिन असहज हुन्छ । यसकारण सहकारीमा खराब कर्जा वृद्धि हुँदै जाने गर्दछ ।

# फितलो नियमन :

सहकारी दर्ता निकायले सहकारीहरुलाई मासिक प्रगति पठाउन बाध्य पार्ने, त्रैमासिक प्रगतिको सामुहिक छलफल र परामर्श गर्नु पर्ने, विज्ञको खोजी सहकारी संकट र समस्याहरुको अनुसन्धान गर्ने काम नहुनु नै फितलो नियमन हो । केही दर्ता निकायमा कार्यरत सहकारी शाखा का कर्मचारी पनि सहकारी फाँटमा पहिलो पटक काम गरेको अनुभवको अभाव, कामको चापले गर्दा सहकारीमा अनुगमन, निरीक्षण हुन नपाएकाले पनि सहकारीमा विविध समस्या सिर्जना भएका छन्

अन्त्यमा

सहकारी विश्वव्यापी मापदण्ड र अभ्यासले सहजै  नडुब्ने संस्थाको रुपमा परिभाषित भएता पनि संचालक ,कर्मचारी र सदस्य हरू वीचको प्रभावकारी त्रिकोणात्मक सम्बन्ध कायम हुन नसक्नु नै आजको मूल कमजोरी हो । जब सम्म सदस्यहरूमा सहकारी मेरो हो भन्ने भावनाको विकास गर्न सकिदैन तब सम्म सहकारी सबल बन्न सक्दैन ।

लेखक : लोकनाथ अधिकारी चौतारी वचत तथा ऋण सहकारी संस्था लि . सैनानैनाका अध्यक्ष हुनुहुन्छ ।

Thursday, 7 March 2024

पर्रोहा बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्ष पदका लागि स्वतन्त्र रुपमा युवा उम्मेदवार नेत्र थापाले उम्मेदवारी दर्ता गराएका छन् ।



सैनामैना मुर्गिया २०८० /११/२४

रुपन्देहीको सैनामैना मुर्गियामा रहेको पर्रोहा बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्ष पदका लागि स्वतन्त्र रुपमा युवा उम्मेदवार नेत्र थापाले उम्मेदवारी दर्ता गराएका छन् । थापाले नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा हाल उक्त क्याम्पसको सञ्चालक समिति अध्यक्ष रहेका खुशिराम चौधरी पुन अध्यक्षमा उठ्ने भएपछी उनकै विरुद्धमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।



शिक्षा प्राप्त गर्ने पवित्र ठाउँलाई यहाँका विभिन्न पार्टिका नेताहरुले राजनितीको अखडा बनाएको भन्दै थापाले उम्मेद्वारी दर्ता गराएको बताए । पर्रोहा क्याम्पसलाई नमुना क्याम्पस बनाउन सक्ने भिजन आफुमा भएको थापाको भनाई छ । स्वतन्त्र उम्मेदवार दर्ता गराएका थापाका विरुद्धमा नेकपा एमाले र नेपाली कांग्रेसले गठबन्धन गरेका छन् । गठबन्धनबाट एमाले नेता चौधरी पुन अध्यक्षमा दोहोरिने भएका हुन् ।


थापा भन्दा चौधरी बलिया उम्मेदवारका रुपमा देखिन्छन् तर यस भन्दा पहिला अध्यक्ष भइ रहदा क्याम्पस जुन गतिमा अगाढी वढ्नु पर्ने हो, प्रध्यापक तथा कर्मचारीको ६०,००००० वक्यौता पनि जस्ताको तस्तै रहेको , जातियताका आधारमा विज्ञापन विना कर्मचारी नियुक्ती दिएको, शैक्षिक सुधार हुनु पर्ने हो त्यो हुन नसकेको भन्दै थापा अध्यक्ष वन्न सक्ने जानकारहरु वताउछन् । क्याम्पसमा राजनिती गरेर पद लिने अनि काम नगर्ने, अरु आउन पनि नदिने प्रवृती बढेको र आफुले जितेको खण्डमा काम गरेर देखाउने भन्दै भोट गरेर जिताउन थापाले आग्रह गरेका छन् । 


मैदानमा मेरो उपस्थिति अवलोकनका लागि मात्र नभई जितका लागि रहेको र जित सँगसँगै क्याम्पसको सबै क्षेत्रको समग्र विकासमा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग छलफल, परामर्श र बहस सँगै विद्यार्थीहरूको क्षमता अभिवृद्धिका कार्यक्रम सँगै विद्यार्थीहरूलाई रोजगारीका विषयमा पनि यस क्षेत्रका ठूला संस्था, कम्पनी वा व्यवसायीहरू सँग पनि सहकार्य गर्ने कुरा अध्यक्षका उम्मेदवार थापाले बताउनुभयो ।


पर्रोहा बहुमुखी क्याम्पस सञ्चालक समितिको यहि फागुन २८ गते निर्वाचन हुदै छ ।

Friday, 1 March 2024

मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १९ औ वार्षिक सधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

 २०८० फाल्गुन १८, 



 सैनामैना नगरपालिका वार्ड न ४ मा रहेको मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १९ औ वार्षिक सधारण सभा शुक्रबार सम्पन्न भएको छ ।



कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका नगर प्रमुख फणिन्द्र प्रसाद शर्माले खानेपानी संस्थाहरुले आफ्नो कूल आम्दानीको १० प्रतिशत सरसफाईमा लगाउनु पर्ने प्रावाधाान स्थानिय सरकारको  रहेको छ । यसै अनुसारले हरेक संस्थाले सरसफाईका कार्यक्रम ल्याउनु पर्ने जोड दिनुभयो ।


देशका विभिन्न  खाने पानी संस्था मध्ये  एक मुर्गिया खानेपानी रहेको बताउदै यस्ले सञ्चालन गरेको हरेक सरफाइ कार्यक्रममा स्थानिय सरकारको सहयोग रहने बताउनु भयो । 

सो कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका निवर्तमान नगरप्रमुख चित्र बहादुर कार्कीले खानेपानी संस्थाहरुले पानीका स्रोत संरक्षणमा लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै खानेपानी डिभिजन कार्यालय रुपन्देहीका प्रमुख राजकुमार चौधरीले शिक्षा, स्वास्थ्य र खानेपानी जनताको मौलिक अधिकारको रुपमा रहेको बताउदै प्रत्येक नागरिकले सहज पानी खान पाउने नीति बनाउनु पर्नेमा जोड दिनुभयो ।  

कार्यक्रममा संस्थाका अध्यक्ष प्रेमबहादुर बानीयाले संस्थाको प्रगती प्रतिबेदन कोषाध्यक्ष बिष्णुकुमारी रानाले आर्थिक प्रतिबेदन र लेखा संयोजक दिपक भण्डारीलेलेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।



संस्थाका उपाध्यक्ष देविदत्त सुवेदीको स्वागत मन्तब्य र सचिब भीम बहादुर खड्काको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममाखानेपानी तथा सरसफाई महासंघ रुपन्देहीका अध्यक्ष धुर्व धिताल, लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधि हरुले आ -आफ्नो धारणा राख्नु भएको थियो ।

सैनामैना नगरपालिकाको रामापुर मा .वि .का छात्र सुविन घिमिरे लुम्बिनी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम हुन सफल ।

 सैनामैना,२०८० फागुन१८ गते 

नेपाल लुम्बिनी प्रदेश शाखाको आयोजना तथा रुकुमपूर्व जिल्ला शाखा तथा युवा रेडक्रस सर्कल रुक्मिणी मा .वि . सिस्ने ५ , रुकुमकोटको आतिथ्यता एव युवा रेडक्रस सर्कल त्रिभुवन जनता मा०वि० सिस्नेको समन्वयनमा भएको लुम्वनी प्रदेश स्तरीय जलवायु परिवर्तन अनुकुलतामा जुनियर युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा  सैनामैना नगरपालिकाको रामापुर मा .वि .का छात्र सुविन घिमिरे लुम्बिनी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम हुन सफल भएका छन्। 




पर्रोहा बहुमुखी क्याम्पसका प्रध्यापक लोकनाथ अधिकारीको अटो–रिक्सा चालकसम्बन्धी अनुसन्धान प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ ।

  सैनामैना २०८२ मार्ग ११, पर्रोहा बहुमुखी क्याम्पसमा प्रध्यापनरत प्रध्यापक लोकनाथ अधिकारीले “सैनामैना नगरपालिकामा सञ्चालित अटो–रिक्सा चालक...