सैनामैनामा गरिबी निवारणका लागि लघु उद्यम विकास सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम
सैनामैना, वैशाख ३०,२०८१
USID जल जंंगलको सहयोग तथा राष्ट्रिय लघु उद्यमी महासंघ नेपालको आयोजनामा सैनामैना नगरपालिका स्तरीय अभिमुखीकरण कार्यक्रम आज सैनामैना नगरपालिकामा सम्पन्न भएको छ ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत आइतबार सैनामैना नगरपालिकाकाे सभा हलमा नगर प्रमुख फणेन्द्रप्रसाद शर्माको अध्यक्षतामा युएस आइ डी जल जंंगल प्राकृतिक स्रोतमा आधारित उद्यम मार्फत जैविक विविधता संरक्षण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
सो कार्यक्रममा बोल्दै सैनामैना नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले गरिवी निवारणका लागि गरिएको यस किसिमको अभिमुखीकरण कार्यक्रमले एउटा महत्वपूर्ण कार्य गर्ने र उद्यमशीलता विकास हुने बताउनुभयो ।
सैनामैना नगरपालिकाको प्राकृतिक स्रोत थाकालबाट धेरै वस्तुहरु उत्पादन गर्न सकिने हुनाले एकतर्फ प्राकृतिक संरक्षण र अर्कोतर्फ उद्यमशीलता विकास पनि हुने बताउनुभयो ।
जंगलमा प्रसस्त मात्रमा पाइने थाकालको पातहरु समयमा निकाल्न सकियो भने विभिन्न सामाग्री बनाएर आयआर्जनको माध्यम बन्ने छ भने वनजंगललाई आगालागीबाट बचाउने, बोटविरुवा, जिवजन्तु संरक्षण हुने, रुखबाट झर्ने पातहरुबाट मल बनाउन सकिने हुनाले वातावरण संरक्षणसँगै उद्यमशीलताको विकास पनि हुनाले थाकालको तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, तालिम घरमा खाली भएको समयमा तालिम सिकौँ न त आफूलाई घरमा प्रयोग पनि हुन्छ भन्ने सोच होइन कि हामी पनि कमाउन सक्छौंँ भन्ने हिसावले तालिमबाट सिकेको सिललाई भरपुर उपयोग गर्नुपर्छ ।
सैनामैना नगरपालिका उपप्रमुख विना रानाले नगरपालिकाको समृद्धिका लागि आर्थिक विपन्नहरुको जिवनस्तर उकास्न एवम् महिला दिदीबाहिनीहरुलाई आत्मनिर्भार र व्यवसायीक बनाउने काममा नगरपालिका लागिरहेको बताउनुभयो ।
पहिलो चरणको तालिमबाट सीप सिकेर अधिकंश महिलादिदी बाहिनीहरु स साना उद्यम गरेर जीविकोपार्जन तथा स्वारोजगार बनेका छन् भने केही दिदीबाहिनी घरकै कामका लागि उपयोग गरिरहेका छन तसर्थ यो दोस्रो चरणको तालिमले थप नयाँपन र बढी उद्यमशील र बजारव्यवस्थापनलाई जोड दिने हुनाले नगरपालिका सँगसँगै सहकार्य गदै अगाडी बढ्ने उपप्रमुख विना रानाले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सैनामैना नगरपालिका प्रमुख प्रशासकीय जीवन ज्ञवालीले तालिमबाट सिकेको सिपलाई प्रयोग गरि व्यवसायीक रुपमा अगाडी बढ्न महिलाहरुलाई आग्रह गर्नुभयो । महिला दिदीबाहिनीहरुले समूहिक रुपमा व्यवसाय गरि उत्पादति वस्तुहरुको बजारीकरण गर्न कोषेली घर निर्माण, संघसंस्थाहरुमा झोलको प्रयोग, लगायत अन्य उत्पादति सामाग्रीहरुको प्रयोग गरेर प्रचार—प्रसार गरी व्यवसायीक प्रवद्र्धनमा लाग्नुपर्ने बताउँदै आयआर्जनमा आत्मनिर्भार बन्नुपर्ने जोड दिनुभयो ।
राष्ट्रिय लघु उद्यमी महासंघ नेपालका उद्यम विकास सजहकर्ता सेसना लिम्बुले सहजीकरण गर्दै पहिलो चरणको थाकालको तालिम लिइसकेका सहभागीहरुलाई पुनर्ताजगी गराउने उद्देश्य अनुरुप ४५ दिने थप तालिमको आयोजना गरिने बताउनुभयो । थाकाल तालिमको पहिलो चरणमा सिकेको सिपलाई थप नयाँ वस्तुहरु बुन्न सिकाउने, बजारीकरण कसरी गर्ने, उद्यमका लागि योजना तर्जुमा, वित्तीय संस्थासंग समामन्यीकरण, बजार व्यवस्थापन लगायतका बारेमा तालिममा सिकाउने बताउनुभयो ।